गजल 'नारी'


आखीर कहीले सम्म यो,अत्यचार नारी माथी..!!
  सुन्नै नसकीने भयो रे, प्रहार नारी माथी..!!

यी तीनै हुन जस्को कोखमा हुर्कीएका थीय..!
सुने  उनैले  गरेछन, बलात्कार  नारी माथी..!!

आफ्नै घरकी छोरी-चेली सम्झ, ए हैवानहरू..!
  हत्या, हिन्शा़ नगर,  बारम्वार नारी माथी..!!

  नर्कमा पनी ठाँउ पाउने छैनौ तीमीहरू..!
  सुधारी  देउ यो,  दुर्व्यवहार नारी माथी..!!

  उन्कै मायाँ र ममताको छहारीले गर्दा..!
  चलेको छ सृष्टी र, संसार नारी माथी..!!

[[२ आखीर कहीले सम्म यो, अत्यचार नारी माथी..!!
सुन्नै नसकीने भयो रे, प्रहार नारी माथी..!!२]]
हरी गौतम (अर्घाखाँची)
खनदह३! हाल-भारत

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com