कविता ' यो समाज '


कविता ' यो समाज '

छोरी मान्छे भएर
ठुलो स्वरले बोल्नु हुन्न
विस्तारै, बिनम्रले बोल्नुपर्छ
हिड्दा बिरालाको चालमा हिड्नुपर्छ
हाँस्दा खित्का छोडेर हाँस्नु हुन्न
नजर जुधाउनु हुँदैन
शीर उठाएर हेर्नु हुन्न...आदि आदि...
छोरी हुनुमा शंकोच लाग्ने
यस्तै उपदेश सुनेर बित्यो
त्यो बाल्यकाल...सत्य !

कल्पंदैछु म,
छोरी भ'र जन्मनु, के अभिशाप हो ?
नभए, एउटी छोरी/नारीमाथि
किन यति धेरै बार/बन्देजहरु ?
नारीनै नहुँदा कस्तो हुँदो हो
यो समाजको अनुहार ?
एक पिता पुत्र प्राप्तिका निम्ति
जब पत्नीमाथि अमानवीय व्यबहार गर्छ
त्यतिखेर उस्लाई भन्न मन लाग्छ
तिमी एकपटक नारी भएर बाँची त हेर !

भनि साध्य छैन,
यो पुरुष प्रधान समाजमा
अनेकौं बन्धनको पट्टिछ आँखामा
सदियौं देखिको संकुचित सोच र कुसंस्कारका
बलियो फलामे सांग्लाहरु छन् पाउहरुमा
अनि कोरिएकाछन् स्वतन्त्रतामाथि
लक्षमण रेखा, त्यहि रेखा पार गर्न
अस्तित्वको संघर्ष गर्दैछन् नारीहरु !

परिवार र सन्तानको खुशीमानै
आफ्नो खुशी खोज्दै बाँचे र मरे
हाम्रा हजुरआमा अनि आमाहरु...
उनीहरुले कुनैपनि प्रार्थना र कामना
आफ्नो निम्ति गर्न जानेनन्
न त पाए एक ओठ मुस्काएर जिउन
मानौं नारीलाई हाँस्ने स्वतन्त्रता छैन यहाँ
उनिहरु अरुकै निम्ति जन्मन्छन् र मर्छन् !

विधुवी भाउजु ,
मैले पहिलो पटक देखें
पल्लाघरे बिधुवी भाउजु
यसरी खुलेर हाँसेकी..
एता छेउघरे छिमेकी भन्दै थे
अब त्यो कुलंघारनी रण्डीलाइ
बाटोमा निकालेर नंग्याउनुपर्छ
यस्तो लाग्यो, मन खोलेर हाँस्नु
जघन्य अपराध गर्नु हो..
यो मेरो समाजमा
जहाँ नारीलाइ हाँस्न पनि बर्जितछ !
यदि ती विधुविको स्थानमा
बिदुर हुँदो हो त ती छिमेकीले तालि पड्काउने थे, पक्कै !

जब एउटा पुरुष
वेश्यालयमा रमाएर आउँछ
उस्लाई कसैले केहि भन्दैन
उ चोखो ठहरिन्छ, उ रण्डो कहलिदैन
तर त्येही पुरुषको मनोदसा तृप्त गर्ने नारी
उनि रण्डी हुन्छिन्, वेश्या हुन्छिन्
फोहोरी हुन्छिन् ,कलंकित हुन्छिन् ..
. . . कठै यो मसाज !

यासिन 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com