जसले घाइते उपचार गर्न सहिन डिभोर्स . . .

एजेन्सी भदौ १०,

२९ वर्षीय नर्स मल्लिका दुई वर्षको बच्चा अलीलाई समाउँछिन् । अली जीवनमरणको अन्तिम संघर्षमा छन् । पाँच वर्षदेखिको गृहयुद्धले प्रभावित सिरियाको पूर्वी एलेप्पोका अली जन्मिदै छातीको समस्याले पीडित थिए । जसका कारण उनी जन्मेदेखि नै एलेप्पो बाल अस्पतालको न्युनेटल युनिटमा अक्सिजन पम्प र इन्क्युबेटरमा निर्भर छन् । अस्पताललाई सिरियामा रहेको गैर सरकारी संस्था इन्डिपेन्डेन्ट डक्र्टस एसोशियनसले सहयोग प्रदान गर्दै आएको छ । एसोशियसनले एलेप्पोमा मेडिकल सेवा लगायत सुविधा प्रदान गर्छ ।

जुलाई महिनाको २३ तारिख । घडीको सुईले राती १ बजेर २० मिनेट संकेत गरिरहेको थियो । सरकारी सेनाको हवाई आक्रमणले अस्पतालमा बम बर्षा गर्यो । ११ शिशुहरु रहेको इन्क्युबेटर धुलो र भवनका भग्नावशेषले भरिए । सात घन्टापछि अर्को हवाई हमला भयो । अस्पतालका कर्मचारी काखमा शिशु च्यापेर बेसमेन्टको सुरक्षित स्थलतर्फ भाग्न थाले । तर, यसअघि नै कमजोर अलीको अक्सिजन अभाव भयो ।

मल्लिका र एक चिकित्सकले अलीको कमजोर शरिरमा सीपीआर गरे । तर, उनीहरुको केही लागेन । अलीले अन्तिम श्वासका लागि सघर्ष गर्दा मल्लिकाले उसलाई काखमा च्यापी रहेकी थिइन् । आक्रमणमा धुलोले निसासिएर तीन शिशुको ज्यान गयो । ‘बच्चाको अवस्था देख्दा म रोइरहेकी थिएँ । निकै पीडादायी अवस्था थिया,े’ मल्लिकाले एक दोभासेको सहयोगमा सीएनएनका प्रतिनिधिलाई भनिन् ।

नर्स र चिकित्सकहरुको जीवनकै पीडादायी क्षण हुनुपर्छ । पछिल्ला दिनमा ड्युटी सकाएपछि मल्लिका घर पनि जान छोडेकी छिन् । सिरियामा दिनहुँजसो हुने हवाई हमलामा उनको घर पनि ध्वस्त भएको थियो । त्यही भएर उनी अस्पतालमा नै सुत्ने गर्थिन् । अब अस्पताल पनि भत्किएको छ । युद्धका कारण उनको सम्पूर्ण परिवार टर्की भागेको छ । सिरियामा बस्ने घरमा उनी मात्रै एक्ली हुन ।

मल्लिकाका पतिले सम्बन्ध बिच्छेद गरी दुई छोरीहरुलाई अर्काे सहरमा लगेका छन् । जहाँ आधारभूत आवश्यकताको अभाव छ । उनका पति सिरियाली राष्ट्रपति बसार अल असदको कट्टर समर्थक हुन् । विद्रोही घाइते लडाकूलाई उपचार गरेको भन्दै नर्स पत्नी र उनी बिचको झगडा सम्बन्ध बिच्छेदमा टुंगियो ।

सरकारी सुरक्षा फौज र बिद्रोहीको घेरामा पारिएका एलेप्पोका सिमित अस्पतालका नगन्य चिकित्सक र नर्समध्ये मल्लिका  एक स्वास्थ्य स्वंयसेवी हुन जो आफ्नो जीवनको प्रवाह नगरी युद्धमा छटपटाइरहका घाईतेको उपचार  गरिरहेका छन् ।  एलेप्पोका ३ लाख बासिन्दाको जम्मा ३५ चिकित्सकले उपचार गरिरहेका छन् ।

समस्यामा चिकित्सक

यो साता १५ देशका चिकित्सकले एलेप्पोका अस्पतालमा सहयोग गर्न आग्रह गर्दै अमेरिकाका राष्ट्रपति बाराक ओबामालाई पत्र लेखेका छन् । ‘हामीलाई तपाईंको आँशु वा सहानुभूति चाहिँदैन । बरु तपाईंको तर्फबाट उचित कदमको पहल होस्’, पत्रमा भनिएको छ ।

‘गत महिना सिरियाका मेडिकल केन्द्रहरुमा ४२ ओटा हमला भएका थिए । ती मध्ये १५ ओटा हमला उपचार भइरहेका अस्पतालमा भएका थिए । ‘हरेक १७ घन्टामा एलेप्पोका मेडिकल केन्द्रमा कम्तिमा एउटा हमला हुने गरेको छ । यस हिसाबले एलेप्पो सम्पूर्ण सेबाहरु पूर्ण रुपमा ध्वस्त हुनेछन् । त्यसपछि तीन लाख मानिस बिना उपचार मर्नुको विकल्प हुने छैन,’ उनीहरुको निष्कर्ष छ ।   

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com