छ महिना देखि बाँधीएकी गर्भवती महिलाको उद्धार

 हेटौडा २७ साउन,

बिगत ६ महिना देखि बाधिएर राखिएकी उदयपुरकी २२ बर्षिया गर्भवती महिला सृजना कार्कीलाइ उद्धार गरीएको छ | बिहिवार उन्लाइ उदयपुर बाट उद्धार गरी हेटौडा स्थित मानव सेवा आश्रममा लगिएको हो ।

१२ कक्षा उतिर्ण गरेकी  कार्कीको उपचार हुन नसक्दा बाधेर राखिएको थियो । महिला लाइ माइती घर जाने भन्दै लिएर आएको उद्धारमा खटिएकी उदयपुरकी संचारकर्मी सुमित्रा कोइरालाले बताएकी छिन  ।

रौतहटको चन्द्रनिगाहपुरमा खानाखाने समय मा भेटिएकी सृजना पत्रिका पढ्दै थिइन । उन्ले पत्रिका पढेको देखेर वरीपरीका मानिस छंक्क परेका थिए ।  बेसुरका कुरा भन्दा सुरमा नै उन्ले  नाम, पढाइ बताइरहेकी थिइन ।
 उदयपुर स्थित त्रियुगा नगरपालीका ५ भातिखर्ककी गर्भवती ति महिलाको उपचार नहुदा घरमा बाधेर राखिएको थियो ।

श्रीमती गर्भवती भएपछि श्रीमान  मनोज खड्का सम्पर्कमा छ्रैनन । आर्थीक अबस्था कमजोर रहेकाले उपचार गर्न नसक्दा ती मलिा लाइ सासु ससुराले बाधेर राखेका थिए ।

 गर्भवती अवस्थामा महिनौ देखि बाधिएर राखिएको महिला लाइ स्थानिय प्रशासनको सहयोगमा गैर सरकारी सस्था महासंघ उदयपुरले उद्धार गरी हेटौटा स्थित मानव सेवा आश्रममा पुर्याएको गैसस महासघ उदयपुरकी अध्यक्ष महेश्वरी राईले जानकारी दिएकी छिन ।

पाटन अस्पतालमा उपचार गराउदा चिकित्सकको निगरानीमा औषधी सेवन गर्र्नुपर्ने बताए पनि पैसा नभएकाले अस्पताल लैजान नसकेको उन्की सासु धनमाया खड्काको भनाइ छ ।_कलमपाटी ;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com