१५ महिने बालिकाको पेटभित्र साढे ३ किलो भ्रुण

 एजेन्सी साउन २६,

खान वा पिउन समस्या भोगेकी एक बालिकाको पेटभित्र जुम्ल्याहा भ्रुण भेटिएको छ । १५ महिनाकी बालिकाको पेटमा साढे तीन केजीको भ्रुण भेटिएको हो । भ्रुणको अविकसित टाउको, कपाल र छाला रहेको थियो ।

बालिकाको पेटभित्र भेटिएको जुम्लायाहा डल्लोमा गर्भनाल जोडिएको र भ्रुणमा  रगतको प्रबाह भएको थियो ।

बालिकामा फोइटस इन फेटुको समस्या देखिएको चिकित्सकहरुले बताए । शरिरमा अविकसित भ्रुणको विकास हुनुलाई फोइटस इन फेटु भनिन्छ । यो दुर्लभ समस्या विश्वभरका २०० जनामा देखिएको छ ।

बच्चाको पेट अस्वभाविक रुपमा बढेपछि अभिभावकले ट्युमर भएको आशंका गरेका थिए । १५ महिने ती बालिका पछिल्ला साता खाना वा पिउनै नसक्ने भएकी थिइन । उनी बारम्बार रुने थालेपछि दक्षिणी भारत तमिल नाडुको एक अस्पतलामा शल्यक्रिया गरिएको थियो ।

चिकित्सकले शल्यक्रियापछि पेटभित्रको भ्रूण हटाएका थिए । पेटभित्रको भ्रुण बालिकाको देब्रे किड्नीसम्म पुगेकोले शल्यक्रिया गर्न जटिल भएको थियो । त्यस्तै प्यानक्रियाज र कोलोनको देब्रे भाग पनि भ्रुणसँग जोडिएका थिए ।  चिकित्सकहरुले रक्तनलीलाई जोडिएका अन्य अंगबाट छुट्याएका थिए । शल्यक्रिया अगाडि उनको तौल ८ केजी रहेको थियो । उनी जन्मिदै पेट डम्म फुलेको थियो ।

के हो फोइटस इन फेटु
फोइटस इन एउटा दुर्लभ समस्या हो । जस अनुसार पेटभित्र राम्रोसँग विकसित नभएको भ्रुण देखिन्छ । हरेक पाँच करोड मानिसमध्ये एक जनामा यो समस्या देखिन्छ । ८० प्रतिशतमा पेटभित्र यस्तो भ्रुण देखिन्छ । कोही–कोहीको खपडीमा पनि यस्तो समस्या देखिन्छ । विश्वभर २०० जनामा फोइटस इन फेटु देखिएको छ । विश्व स्वास्थ्य संगठनले फोइटस इन फेटुलाई ट्युमर विकसित हुने एक प्रकारको क्यान्सर जनाएको छ ।
स्रोतः डेलीमेल

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com