सर्पदंशले गर्भवती महिलासहित दुई जनाको मृत्यु

महोत्तरी भदौ २,

महोत्तरीमा सर्पदंशका कारण एक गर्भवती महिलासहित दुई जनाको मृत्यु भएको छ ।

आफ्नै खेतमा काम गर्ने क्रममा आज बिहान सर्पले डस्दा एकडारा गाविस–१ का ५५ वर्षीय हरिनारायण मण्डलको मृत्यु भएको हो ।

उपचारका लागि जलेश्वर अस्पताल ल्याइएका मण्डललाई डा डिपी साहसहितको टोलीले बचाउन निकै प्रयत्न गरे पनि विष पूरै शरिरमा फैलिसकेकाले बचाउन सकिएन् ।

त्यस्तै घरमै सुतिरहेका अवस्थामा महोत्तरी धमौरा गाविस वडा नं १ अध्ययनपुरकी २२ वर्षीय महबुदा खातुनको गएराति सर्पले डस्दा मृत्यु भएको छ । सर्पले टोकेपछि उपचारका लागि जनकपुर अञ्चल अस्पताल लैजाने क्रममा खातुनको बाटोमै मृत्यु भएको स्थानीय रोशन साहले जानकारी दिए ।

महोत्तरी लगायत तराई क्षेत्रमा बढ्दै गएको गर्मीसँगै विषालु सर्पको बिगबिगी बढेको छ । जलेश्वर अस्पतालमा दैनिक दुईदेखि तीन जना सर्पदंशका बिरामी आउने गरेको अस्पतालले जनाएको छ । रासस

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com