राजविराज साउन २३,
सप्तरीका बाढीपीडितलाई शनिबार डा गोविन्द केसीले निःशुल्क स्वास्थ्य उपचार गरेका छन् ।
जिल्लाको तिलाठी गाविसका बाढीपीडितलाई स्थानीय राप्रावि विद्यालयको प्राङ्गणमा उनले निःशुल्क स्वास्थ्य उपचार गरेका हुन् ।
सप्तरी उद्योग वाणिज्य सङ्घको संयोजन तथा तिलाठीका युवाको आयोजनामा डा केसीले त्यहाँका १०० भन्दा बढी बाढीपीडितलाई हाडजोर्नी तथा नसासम्बन्धी रोगको उपचार गरेको बताइएको छ ।
डा केसी आफँै विभिन्न औषधि, फलफूललगायतका सामग्री बोकेर सो ठाउँमा गएका थिए ।
सरकारले स्वास्थ्य क्षेत्रमा दिइरहेको सेवा ग्रामीण भेगका जनतामा पुग्न नसकेको गुनासो गर्दै डा केसीले बाढी प्रभावित क्षेत्रमा आफूले मानवताका आधारमा सेवा गर्न आएको बताए।
स्वास्थ्य क्षेत्रमा देखिएका बेथितिविरुद्ध पटकपटक सत्याग्रह गरेका प्रा डा केसी बाढीपीडितको उपचारका लागि आज सप्तरी पुगेको बताइएको छ ।
यसैबीच डा केसीले गरिब बालबालिकाका लागि शिक्षामा पहुँच हुनुपर्ने माग गर्दै गरेको सङ्घर्षप्रति उच्च सम्मान गर्दै तिलाठीका युवाले उनलाई सम्मानसमेत गरेका छन् । रासस;