कविता 'तीजको बेला यो खाडीमा'
दुई थोपा आँसु झर्यो
चरम यातनाको बाढीमा
माइतीलाई सम्झे है
तीजको बेला यो खाडीमा
अस्मिता हरेको म चेली
दर्दको गहिराइमा पिल्दैछु
घाँटी सुक्यो घुटुक्क थुक
दर सम्झि निल्दैछु
आमा यहाँ राताम्मे तीज
अलि फरक भा’को छ
रातो सारी पोते सिँदुर
एक्कैछिन लुकेर ला’को छ
नेता र दलालले खोसे है
तीजमा नाच्ने रहर
रुँदै छ मन के गर्नु धन
पति छन् कुन शहर
इन्जिनियर राकेश कार्की
लस एन्जेलस