कविता ' हाम्रो नेपाल '



कविता ' हाम्रो नेपाल '

अनेकौं भाषी अनेकौं जाती सुन्दर नेपाल
लौ उठौँ युवा स्वदेश हाम्रो बनाअौँ बिशाल
नजाउ खाडी सुन यहीँ फल्छ गरेमा संघर्ष
बनाउँ अब समुन्नत् समाज सिकेर आदर्श !
.
टल्केको हिउँ चुचुरा सँगै उड्दछ यो मन
कस्को पो होला नेपाली जस्तो स्वर्ग झैं जीवन
चिर्बिर चरी सुसेली हाल्दा ती वन पाखैमा
त्यो दृश्य सधैं अमर बन्यो यी मेरा आखैमा !
.
हरियो वन यी नदी नाला गौरव हुन् हाम्रा
बादलु घुम्टो ओढेको हिमाल असाध्यै छन् राम्रा
अमूल्य बूटी कला र धर्म संस्कृती हजार
मिलेर हामी गर्नु छ सधैं देशको स्याहार !
.
अगाडी बढौं देशको लागी अटल बनेर
हुँदैन अब बिकास हाम्रो मुखले भनेर
कामले हुन्छ नामको पछी नदौड ए!साथी
सकेको गरौँ सबैले मिली त्यो हुन्छ झन् जाती !
.
झुल्कींदा घाम सदैव यहाँ देख्छु त्यो मुहार
खुनको आँशु बगाई आमा माग्दछिन् गुहार
पुर्खाको नासो जोगाउँनु हामी सबैको धर्म हो
नेपाली भइ नेपालको रक्षा गर्नु नै कर्म हो !



सावित्रा लुइँटेल घिमिरे
झापा बिर्तामोड
हाल-इजरायल

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com