अस्ट्रेलियाले विदेशी चिकित्सकलाई भिषा नदिने

एजेन्सी साउन २६,

विदेशी डाक्टर र स्वास्थ्यकर्मीले अस्ट्रेलियामा काम गर्नका लागि भिषा अनुमति नपाउने भएका छन् । देशमै पढेका चिकित्सकको कार्य क्षेत्रमा अभावदेखिएपछि अस्ट्रेलियाको स्वास्थ्य विभागले यस्तो निर्णय गरेको हो ।

आप्राबासी चिकित्सकको भिषा अनुमति नरोकेमा अस्ट्रेलियामै पढेका चिकित्सकले जागिर पाउन कठिन हुने विभागको तर्क छ । अहिले हजारौं विदेशी चिकित्सक अस्ट्रेलियाको भिषा लिने तयारीमा छन् ।

जनरल प्राक्टिसर्नस, रेसिडेन्ट मेडिकल अफिसर, सर्जन र एनाथेटिस्टसहित विभागले ४१ ओटा स्वास्थ्य सम्बन्धी भूमिका स्किल अकुपेसन लिस्ट बाट हटोस भन्ने चाहन्छ, ताकी अस्ट्रेलियाली ग्रामिण क्षेत्रमा अस्ट्रेलियाली चिकित्सकको माग बढोस् ।

त्यसो त निर्वाचन अगाडि विदेशी चिकित्सकलाई दिइने भिषासम्बन्धी सुझाबलाई टर्नबुल नेतृत्वको सरकारले अस्वीकार गरेको थियो । आगामी वर्षसम्म चिकित्सकको जनशक्तिमा वृहत सुधार ल्याउने स्वास्थ्यमन्त्री सुसान लेले बताए ।

विदेशी चिकित्सकलाई अस्ट्रेलिया काम गर्न विभागले ल्याउन लागेको कडाईलाई अस्ट्रेलियाको मेडिकल एशोशियन ग्रामिण चिकित्सक संघलले स्वागत गरेको छ । स्थानीय चिकित्सक  बोनस र सहयोगका लागि समेत आव्हान गरेको छन् ।

चिकित्सकको संख्यालाई कटौती गर्ने गलत प्रयत्नपछि टर्नबुलपछिको सरकारले नयाँ मेडिकल विद्यालयलाई पर्याप्त रकम र स्नातक संख्या छुट्टाएको छ । स्किल अकुपेसन लिस्टको पछिल्लो समिक्षामा (प्रकाशन गर्न बाँकी)मा स्वास्थ्य विभागले अस्टे«लियामा तालिम प्राप्त चिकित्सक सरकारले ल्याएको नयाँ प्रणालीको पालना गरेको जनाएको थियो ।

‘अस्ट्रेलियाको स्वास्थ्य प्रणालीमा कोष, नीति र कार्यगत जिममेवारीको  जटिल विभाजन छ,’ विभागले भनेको छ,, ‘अझै पनि अस्ट्रेलिया विदेशका स्वास्थ्य व्यवसायीमा निर्भर छन् । ’

‘आप्राबासलाई छोटो अवधिको व्यबस्थापन रणनीतिको रुपमा उपयोग गरिएको छ. । वदेशी स्वास्थ्य व्याबसायीलाई बृहत योजनासहितको आप्राबासको उचित व्याबस्थापन ल्याउनुपर्छ,’ विभागले भनेको छ ।

२०१६÷०१७ स्किल अकुपेसन लिस्टबारे समिक्षा गर्न र सम्पूर्ण मेडिकल अकुपेसनलाई हटाउन यसै वर्षमात्र स्वास्थ्य विभागले  शिक्षा तथा तालिम विभागलाई अनुरोध गरेको थियो । स्वास्थ्य विभागले विदेशबाट आएका जनरल प्राक्टिसर्नस, रेसिडेन्टल मेडिकल अफिर्सस, सर्जन र एनाथेटिस्ट लगायतलाई हटाउन शिक्षा विभागलाई अनुरोध गरेको थियो ।

शिक्षा विभागले यस विषयमा अध्ययागमन मन्त्रालयलाई सुझाब दिएको थियो । अध्यागमन विभागका अनुसार मार्चको अन्त्यसम्ममा अस्टेलियाको भिसा लिएर २१५५ जनरल प्राक्टिनर्स र १५६२ रेसिडेन्ट मेडिकल अफिसर त्यहाँ कार्यरत छन् ।
द अष्ट्रेलियनबाट

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com