लधु कथा - त्यो रात र छोरी !

सुरेन्द्र प्रसाईं,

अम्बरअनिताले विवाह गरे !
विवाह गरेर भित्रिएको रात उनिहरुले एउटा सर्त गरे ,भर्खर भएको विवाह र उनिहरुको एकान्त मा कसैले ब्यबधान नगरोस भनेर । आँफैले आफुलाई बाधेको वाचा थिए के भने एक हप्ता सम्म जो सुकै पाउना आए पनि दैलो नखोल्ने । नभन्दै भोली पल्ट अम्बरका वाआमा टुप्लुक्क दैलो मा अाइपुगे,निकै बेर दैले ढकठककाए । दैलो खुलेन । खोले सर्त जो थियो । निकै बेर सम्म कसैले दैलो नखोले पछी उनिहरु फर्किए । अर्को दिन त्यसरी नै दैलो ढकठक्याउन अनिताका आमाबुवा अाइपुगे र दैलो ढकठकक्याइरहे । बाहिर आँफ्ना वाआमालाई देखेर अनिताले ले मन थाम्न सकिन डाको छाडेर रुन थाली र आफुले गरेको सर्त तोड्दै आमावालाई दैलो खोली । अम्बर केही नबोली हेरीरहे ।

क्रमश : दिनहरु बित्दै गए उनिहरुका दुई भाई छोरा पनि भए र एक दिन युवती ले राजाकुमारी जस्ती छोरी जन्माइन । दुई छोराको न्वारन भन्दा हजारौ गुणा ठुलो न्वारन गर्‍यो अम्बरले । आँफन्त ,इष्टमित्र र छरछिमेकीको ठुलो जमघटका बिच छोरीको न्वारन सक्किए पछी राती अनिताले सोधिन - "अम्बर तिमीले दुई भाई छोरा जन्मदा त यत्रो तामझाम खुशीका साथ त न्वारन गरेको थिएनौ त किन छोरीको पालो मा मात्र ??

"किनकी मलाई एक दिन दैलो खोल्ने छोरी जन्मेकी छन जो वालागी आँफ्नो पती सितको कसम पनि तोड्न सक्छिन !"
अम्बारको जवाफ सुनेर अनिता नाजवाफ भइन !!

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com