मृगौला बिग्रिनुका कारण !

काठमाण्डौ भदौ ११,

जीवनशैलीमा आएको परिवर्तनले जोखिममा पारेको अर्को अंग हो मिर्गौला ।  मिर्गाैला बिग्रिने मुख्य कारण मधुमेह र उच्च रक्तचाप हो । 

डायबिटिज र उच्च रक्तचापजस्ता रोग कम हुने ग्रामीण भेगका बासिन्दामा पनि एन्टिबायोटिक, पेन किलरजस्ता डाक्टरको सिफारिस बेगर पाइने औषधिको अत्याधिक प्रयोगले किड्नी फेल हुन सक्ने जोखिम बढेको छ । यसैगरी जाँडरक्सी, चुरोट, मासु आदि बढी खाने, तनाव लिने र व्यायाम नगर्ने व्यक्तिको मिर्गाैला सधैं जोखिममा हुन सक्छ ।  

काठमाडौं किड्नी एण्ड डायबिटिजि सेन्टरका नेफ्रोलोजिष्ट डा. लक्ष्मणप्रसाद अधिकारीका अनुसार  मिर्गौलामा समस्या देखिने मुख्यतः दुई कारण छन् । एउटा मिर्गौला आफैँभित्रको समस्या र अर्को शरीरका अन्य अंगमा लागेका रोगहरूका कारण । उनी भन्छन्, ‘मधुमेह, उच्च रक्तचाप, मुटु, कलेजो, बिग्रेको अवस्थामा पनि मिर्गाैलामा असर गर्न सक्ने सम्भावना रहन्छ ।’

नेपालमा वैदेशिक रोजगारीमा काम गर्न गएका युवामापनि मिर्गौला फेल हुने समस्या बढेका छन् । यसको खास कारणबारे अनुसन्धान भइरहेको छैन  । यो तथ्यप्रति सरकारी तहबाटै गम्भीर हुनुपर्छ र मिर्गौला जोगाउने उपायबारे जनचेतना जगाउनुपर्ने आवश्यकता डा. अधिकारीले देखेका छन् । उनलाई लाग्छ, ‘पहिलो कारण हावापानी एक्कासी परिवर्तन हुनु हो । त्यसपछि शरीरमा पानीको मात्रा कम हुने (डिहाइड्रेसन) का कारण पनि हुन सक्ने अनुमान गरिएको छ ।’_स्वास्थ्य खबर;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com