एक्सन फिल्म हेर्दा मुटुमा निम्त्याँउछ समस्य

एजेन्सी साउन २६,

बालबालिकादेखि वृद्धउमेरका व्यक्तिसम्म अधिकांश आजकाल एक्सन फिल्म मन पराउछन् । तर, मारकाट, लडाईं, रगत देखिने यस्ता एक्सन फिल्मले दर्शकको मनोरञ्जन हैन, स्वास्थ्यमा खराब असर पार्ने एक अध्ययनले देखाएको छ । बेलायतमा गरिएको अध्ययनमा यस्तो पाइएको हो । ब्रिटिश मेडिकल स्टडीले आफ्नो अनुसन्धानका क्रममा मुटुसंबन्धी समस्याबाट ग्रस्त मानिसले एक्सन फिल्म हेरे मुटुमा तनाव बढ्ने पुष्टि भएको हो ।

युनिभर्सिटी कलेज अफ लण्डन तथा सेन्ट थोमस अस्पतालका अनुसन्धानकर्ताले गरेको अनुसन्धानमा सन् २००० मा प्रदर्शन भएको ‘भर्टिकल लिमिट’ नामक फिल्म हेर्ने मुटुको समस्या भएका मानिसमा रक्तचाप निकै बढेको पाइएको थियो । एक्सन फिल्मले मुटुको समस्या भएका मानिसमा रक्तचाप बढ्नुका साथै श्वासप्रश्वास छिटोछिटो हुने र मुटुको प्राकृतिक लय परिवर्तन हुने हुन्छ । सन् २०१० मा उच्च रक्तचापपीडित एक ४२ वर्षीय ताइवानी युवकको हलिउड फिल्म ‘अवतार’को थ्रिडी भर्सन हेर्ने क्रममा हृदयाघातका कारण मृत्यु भएको थियो ।

चिकित्सकका अनुसार उक्त व्यक्ति फिल्म हेर्ने क्रममा अतिउत्तेजित (ओभरएक्साइटेड) भएका थिए । यस्तै, सोही वर्ष भारतको आन्ध्र प्रदेशस्थित विशाखापटनम्को एक होस्टलमा चार वटा हरर फिल्म हेरेपछि एक विद्यार्थीको मृत्यु भएको थियो ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com