मृगौला पीडित राईको उपचारका लागि बेलायतबाट सहयोग

इलाम साउन २१,

बेलायतमा रहेका प्रवासी नेपालीले मृगौला पीडित मानबहादुर राईको उपचारका लागि रु दुई लाख ५९ हजार ६३० सहयोग गरेका छन् ।

बेलायतका विभिन्न ठाउँमा रहेका ७४ जना नेपालीले रकम उठाएर सहयोग पठाएका हुन् । ५२ वर्षीय राईको दुबै मृगौलाले काम गर्न छाडेपछि उपचारका लागि हुकुमलाल थेबेको अध्यक्षतामा पाँच सदस्यीय सहयोग समिति गठन गरिएको छ ।

आर्थिक अवस्था कमजोर भएका राई अर्थ अभावका कारण अस्पतालको श्ययामा छटपटाइरहेका छन् । उनको दुबै मृगौला प्रत्यारोपण गर्न करिब रु १२ लाख लाग्ने बताएपछि इलामे युवा उनको उपचारका लागि सहयोग सङ्कलन गर्न व्यस्त भएको अध्यक्ष थेबेले बताए । यसअघि बेलायती सेनामा कार्यरत युवाले पनि रु २६ हजार पठाएका थिए । रासस

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com