बग्दाद, प्रसूति गृहमा आगलागी हुँदा १२ शिशुको मृत्यु

 बग्दाद (इराक), २६ साउन ,

बग्दादस्थित एक अस्पतालको प्रसूति गृहमा हुँदा १२ शिशुको मृत्यु भएको इराकी अधिकारीले बुधबार जनाएका छन् ।

अस्पतालमा मङ्गलबार राति अबेर सुरु भएको आगलागी विद्युतीय तारको जडानमा भएको लापरबाहीका कारण हुन पुगेको बताइएको छ ।

अस्पतालका निर्देशक साह हतेमले आगलागीको कारण प्रारम्भिक अनुसन्धानबाट विद्युतीय तारबाट सुरु भएको बुझिएको र थप अनुसन्धान भइरहेको बताउनुभयो ।

राति अस्पतालमा रहेका नवजात शिशुको मृत्युपछि बुधबार बिहान यारमौक अस्पताल परिसरमा जम्मा भई आफन्तजनले घटना लापरवाहीका कारण भएको भन्दै दोषीमाथी कडा कानुनी कारबाही र पिडित अभिभावकलाई राहतको व्यवस्था गर्ने माग गरेका छन् ।

अस्पतालले दाबी गरेभन्दा बढी शिशु आगलागीपछि हराइरहेको बताउँदै बेपत्ता शिशुका आफन्तजनले उनीहरुको सम्बन्धमा प्रशासनको जवाफ माग गरेका बताइएको छ । रासस÷एपी

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com