माधुरी कुमालको धन र मन हुनेलाई यस्तो आग्रह र समाज सेवी उप्रेती सहयोगको लागि जुटिन

काठमाण्डौ साउन २३,

म माधुरी कुमाल, घर प्युठान । ३० वर्षकी भएँ । श्रीमान ३२ वर्षका भए । मेरा स-साना दुई जना छोराछोरी छन् । उनीहरुलाई अर्काको घरमा राखेर अहिले श्रीमानको उपचार गर्न काठमाण्डौंमा छौ‌ । 

मेरो श्रीमानलाई ब्लड क्यान्सर भएको छ, उपचार गर्न दश लाख रुपैंया जति चाहिन्छ, मसँग आफ्नो सम्पति भनेको दश रुपैंया पनि छैन । 

गाउँलेले भनेका छन्; तेरो लोग्ने बाँच्दैन, व्यर्थ दुःख नगर । तपाई‌हरुसँग मेरो अनुरोध छ; तपाईहरुले सहयोग गरी दिनु भए श्रीमानको उपचार गराउन सक्थें कि ! नभए त मेरा श्रीमानको यो धर्तीमा धेरै दिन हुने छैन भनेका छन् डाक्टरहरुले ।

मलाई सहयोग गर्न चाहानुहुन्छ भने

सम्पर्क फोन :- 9812821175
खाता नं.:- ४०००१७६०२४५
 सानीमा बैंक, गोंगबु
 नारी वचत खाता
 माधुरी कुमाल
SWIFT: SNMANPKA 

यसै गरि अमेरिकाको डिसी महानगर क्षेत्रमा बसोबास गर्ने नेपाली चलचित्र तुईनकि निर्मात्री तथा समाज सेवी श्रीजना उप्रेती माधुरी कुमाल को सहयोगको लागि जुटेकी छिन् l उप्रेती नेपालको भ्रमणमा छिन् भने कुमाल संग भेटघाट र सहयोग गर्ने हेतुले बानेश्वर स्थित सिविल अस्पतालमा भेटघाट गरेकी छिन् l

 माधुरी कुमाल भेटघाट गरे पछि आफ्नो तर्फ बाट आर्थिक सहयोग जुटाउन कम्मर कसेर लागेकी छिन् भने सामाजिक संजाल बाट सबै साथीभाई लाई सहयोग गर्न आग्रह समेत गरेकी छिन् l खर्च जुटाउनु पर्ने हुनाले माधुरी काठमाडौँका हरेक ढोका ढक ढकाउन हिडने गरेको उप्रेतीले बताइन .l

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com