शरीरको तौल बढ्ने कारणहरु...

काठमाण्डौ साउन २१,

तौल बढ्ने आम समस्याको रुपमा देखिएको छ । शारिरीक निस्कृयताले त तौल बढ्छ नै तर अन्य कारणले पनि तौल बढ्ने विभिन्न अध्ययनहरुले देखाएको छ । कतिपय मानिसलाई कम खाँदा पनि तौल बढेको हुन्छ ।

यी हुन् तौल बढ्ने कारणहरु :
– कम खाँदा शरिरको मेटाबोलिजम सुस्त हुन जान्छ । मेटाबोलिजम सुस्त हुँदा स्वभाविक रुपमा तौल घट्छ ।

– स्ट्रेस वा डिप्रेसनका कारण शरिरमा भोक बढाउने हर्मन बढ्छ, जसका कारण पनि तौल बढ्छ ।

– व्यायाम गर्दा शरिरको क्यालोरी फाल्न सकिएन भने थकानका कारण झन् बढी भोक लाग्छ र तौल बढ्छ ।

– जन्म निरोधक चक्की, स्टेराईड्स, एन्टिबायोटिक्स, पेन किलर, माइग्रेन इत्यादि रोगका लागि लिइने औषधीको साईड इफेक्टले पनि तौल बढ्छ ।

– पर्याप्त निन्द्रा नलाग्दा पनि शरिरमा भोक बढाउने हर्मन बढ््छ र धेरै खान मन लाग्छ । जसका कारण अनावश्यक तौल बृद्धि हुन्छ ।

– शरीरमा आईरन, भिटामिन, म्याग्नेसियम, भिटामिन डीको कमि भएमा सम्पूर्ण शरिरमा नै असर हुन्छ । यसले शरीरको इनर्जी र मेटाबोलिजम सुस्त बनाउछ, जसका कारण तौल बढ््छ ।

– शरीरमा पानी कम हुँदा पनि मेटाबोलिजम सुस्त हुन्छ । यसले फ्याट बर्न हुनबाट रोक्छ र अपच बढाउँछ, जसका कारण पनि तौलमा अप्रत्यक्ष बृद्धि हुन्छ ।

– उमेर बढेपछि (करिब ४० कटेपछि) मेटाबोलिजम सुस्त हुन्छ । जसका कारण शरीरमा फ्याट  र तौल बढ्छ ।
_स्वास्थ्य खबर;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com