५ औें मिस युके नेपाल तेनिसा राना

लण्डन भदौ ८,

पोखराकी टेनिसा राना मिस युके नेपाल– २०१६ को ताज पहिरिएकी छिन् ।

बेलायतको लण्डनमा हालै  सम्पन्न ५ औें मिस युके नेपाल–२०१६ प्रतियोगितामा रानाले ताज जितिन्। टेनिसालाई अभिनेत्री प्रियंका कार्कीले ताज पहिर्याइ दिएकी थिइन् ।   पोखराकी २० बर्षीया टेनिसा हाल लण्डन मेट्रोपोलिटेन विश्वविद्यालयमा मेडिसिन विषय अध्ययन गरिरहेकी छिन् ।

उनले नेपालीको सेवा गर्नका लागि मेडिकल क्षत्रे रोजेको बताएकी छिन् । प्रतियोगितामा टेनिसाले मिस ट्यालेन्ट् एवं मिस ब्युटी पाजेन्ट पनि जितेकी थिइन्। प्रतियोगितामा प्रशंसा लिम्बुले मिस पर्सनालिटी र मिस क्याट वाकको उपाधी जित्दै फष्ट रनरअप भइन्। यस्तै मिस पब्लिक च्वाइसको उपाधी जित्दै विभिया श्रेष्ठ सेकेण्ड रनरअप भईन्।

प्रतियोगितामा ८ जना प्रतिस्पर्धीहरु एलिसा गौचन, मेग्ना गुरुङ, तेनिसा राना, कल्पना निँयुरे, प्रसंसा लिम्बु, विभिया श्रेष्ठ, सुनिता भण्डारी र आरती गुरुङ सहभागी थिए।

निर्णायक मण्डलमा भने खेलकुद क्षेत्रबाट एनआरएन युकेका राष्ट्र राई, पत्रकारिताबाट पत्रकार महासंघ युके शाखाका सभापति नरेश खपाङ्गी मगर, सामाजिक क्षेत्रबाट मोडल प्रशुना कँडेल, शिक्षा क्षेत्रबाट युनिभर्सिटी अफ ससेक्सकी लेक्चरर् डा प्रियंवदा पौड्याल, व्यवसायी कमल भण्डारी र मिस युके नेपाल २०११ का बिजेता गौमाया गुरुङ रहेका थिए।

प्रतियोगिकतामा नेपाली नायिका प्रियंका कार्की प्रमुख कोरियोग्राफर एवं प्रशिक्षक थिइन्। उनले प्रतियोगीहरुलाई दुई सातासम्म प्रशिक्षण दिएकी थिइन्।

प्रतियोगिताकी आयोजक इभेन्ट एण्ड आइडियाज प्रोडक्शनकी प्रमुख शान्ती गुरुङले सबैलाई स्वागत गर्दै देशको संस्कृतिको जगेर्ना गर्न प्रतियोगिता आयोजना गरको बताइन्।

लण्डन एल्डरसटस्थित एम्पायर हलमा भएको कार्यक्रममा करिब १ हजार दर्शकहरुको उपस्थिति रहेको थियो।
_स्वास्थ्य खबर;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com