मंच र मोर्चाको एकता अधिबेशन सम्पन्न अध्यक्षमा पौडेल

उत्तम बिक युएई साउन ३०,

नेपालमा भएको माओबादी एकता संगै युएईमा पनि एनेकपा माओबादीको प्रबासी संगठन नेपाली जनप्रगतिशील मंच र नेकपा माओबादी क्रान्तिकारीको प्रबासी संगठन नेपाली जनप्रगतिशील मोर्चा बिच एकता अधिबेशन सम्पन्न गर्दै नयाँ कार्यसमिति चयन गरेको छ ।

अधिबेशनले अध्यक्ष हेमन्त पौडेल रहने गरि ३५ सदस्सिय कार्यसमिति समेत चयन गरेको छ । जस्को उपाध्यक्षमा अर्जुन सुबेदी, बाबुराम बिक र कुमार शर्मा, महासचिब उत्तम बिक, सचिब मिलन गुरुङ्ग र ईन्द्र सिन्चुरी, कोषाध्यक्ष मोहन स्याङतान, सहकोषाध्यक्ष दिपक बिष्ट र प्रबक्तामा अनिस तामाङ रहेका छन ।

 सदस्यहरुमा चन्द्र सागर लामा, गाम बहादुर बिक, बलराम कुईकेल, निमा तामाङ, डि बी स्याङतान, बबिता सिव, छबि गिरी, पुस्कर अधिकारी, टिएन शर्मा, रमेश ढकाल, बिकास श्रेष्ठ, राजेन्द्र रोस्यारा, संकल्प चन्द ठकुरी, दिल पुन, प्रबिन स्याङबो, ईन्द्र तामाङ, धन बहादुर चन्द, टेक दिप गुरुङ, बाल कृष्ण शर्मा, हर्क चन्द, चुमन सिङ दर्लामी, भरत बजगाई, सुरज गुरुङ्ग, तिलक गुरुङ्ग र जनार्धन सुबेदी रहेका छन ।

 राष्ट्रिय स्वाधिनता,दिगो शान्ति र समुन्नत नेपाल हाम्रो अभियान, प्रबासी हक हित र श्रमिक अधिकारको पक्षमा एकता अधिबेशन भन्ने मुल नारा सहित सम्पन्न अधिबेशनले पिताम्बर पोख्रेलको प्रमुख संयोजकत्व रहने गरि ९ सदस्यिय सल्लहाकार समिति समेत चयन गरेको छ । नेपाली जनप्रगतिशील मोर्चाका प्रमुख सल्लहाकार हरी नेपाली प्रमुख अतिथी रहेको कार्यक्रमको संचालन बाबुराम बिकले गरेका थिए ।

 एकता अधिबेशन आयोजक समितिका संयोजक हेमन्त पौडेलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथी बिषेश अतिथी र अतिथीहरुले नेपाल लगायत प्रबासमा समेत माओबादी शक्तीहरु एक हुनु  खुशिको कुरा भएको बताउदै नेपाली जनप्रगतिशील मंचका नब गठित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए । कार्यक्रमको अन्तिममा कार्यसमितिका नवगठित अध्यक्ष तथा कार्यक्रमका सभापति पौडेलले कार्यक्रम सफल बनाउन अहोरात्र खटिएका सबैलाई धन्यबाद दिदै आगमी दिनहरुमा सबैको साथ समर्थन र सहयोगको अपेक्षा सहित कार्यक्रम अन्त्य भएको घोषणा गरेका थिए । 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com