अमेरिकन लेखकले नेपाली चेलीले बनाएको चित्र आवरण पृष्ठमा यसरी राखे

विजय थापा ,वाशिंगटन डिसी साउन २९,

अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियामा बसोबास गर्ने प्रख्यात लेखक ड्यारेन डडसन ले आफुले प्रकाशित गरेको पुस्तकमा नेपाली चेली लता गौडेलले बनाएको चित्रलाई मुख्य पृष्ठमा प्रकाशित गरेका छन् l

भर्जिनियाको स्यानटिलि शहरमा बसोबास गर्दै आएकी १७ बर्षिय ११ कक्षा उत्रिण गौडेलले आफुले बनाएको चित्र यसरि अमेरिकन पुस्तकमा छापिएकोमा हर्ष व्यक्त गरिन l लेखक डडसनको साइकामोर ,ए फेरीटेल टरटल नामक पुस्तकमा प्रकाशित भए पछि अरु चिज भन्दा पनि एउटा मौका मात्र पाएको बताइन l

ड्यारेन डडसन बिसेष गरि बालबालिकाहरुका लागि निरन्तर लेख्ने हुन् भने उनि विश्व भरका मुख्य मनोरंजन ,चिडियाखाना तथा जल जीवालय आदिका कला निर्देशक पनि हुन् l

उनले उक्त पुस्तकमा पात्रहरु डिजे ,जोजो ,साईकामोर तथा कछुवाले सगरमाथा तथा काठमाडौँको यात्रा गरेको सम्बन्धि काल्पनिक कथा प्रस्तुत गरेका छन् l

यस पुस्तकले अमेरिका आएका बालबालिका तथा अमेरिकामा जन्मेका दोश्रो पुस्तालाई निकै मनोरंजन दिने तथा केहि ज्ञान समेत दिने विश्वास गरिएको छ l

लेखक ड्यारेन डडसनले उनको पुस्तकलाई प्रकाशित गर्न ठुलो भूमिका निर्वाह गर्ने नेपाली मूलका जग्गनाथ शर्मालाई बिशेष धन्यबाद दिएका छन् l 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com