अब उनि स्कुल जान सक्छिन् . . .

एजेन्सी भदौ १४,

अस्पातल भर्ना हुँदा उनी एक्लै हिड्डुल गर्न सक्दैनथिन् । छालामा नागको जस्तो कत्ला आउन थालेपछि उनी घरमै थला परेकी थिइन् । परिवारको दयनीय आर्थिक अवस्था थियो । उनको अवस्था थाहा पाएपछि मेडिकल टिम उनकै घरतर्फ गयो । मेडिकल कार्यकर्ताको टिमले भेट्दा उनी एउटा झुपडीमा थिइन् ।

उनी हुन नेपालको एक दुर्गम गाँउकी बालिका नगिना । उनी जीनसँग सम्बन्धित समस्याले पीडित छन् । उनको छालाको माछाको जस्तो कत्ला फेरिन्छ । दुर्गुण जीनले उनको छालाको बारम्बार कत्ला फेरिन्छ । उनको समस्यालाई विज्ञानमा इकदिओसिस भनिन्छ ।

विज्ञान र प्रविधिमा भएको अपूर्व प्रगतिलाई धन्यबाद दिनै पर्छ । चिकित्सकको निरन्तरको उपचार र निःशुल्क आजिव भेसलाईनको सुविधापछि नगिनाको जीवन परिवर्तन भएको छ । कुनैबेला हिडडुल गर्न नसक्ने उनी अस्पतालबाट डिस्चार्ज भएर विद्यालय जान थालेकी छिन् । रोगका कारण मानिस देख्दा शिर झुकाउने नगिना विद्यालयमा साथीहरुसँग रमाएर हिड्न थालेकी छिन् ।

‘भेसलाईनले उनको जीवन अपूर्व परिवर्तन गरेको छ,’ अशक्त बालबालिका लागि हस्पिटल र रिह्याबिलाईटेसन सेन्टरका डा. बिबेक बास्कोटा भन्छन् । ‘उनी अस्पताल आउदा निकै निराश थिइन । यताउती घुम्न पनि सक्दैनथिन । कसैसँग बोल्दैनथिन,’ बास्तोलाले भने ।  नगिना अहिले निकै खुसी भएको डा बास्तोलाको बुझाई छ । कसरी चामत्कारिक परिवर्तन भयो उनमा ?

नगिनलाई हिडडुल गराउनका लागि सबैभन्दा पहिले सो सेन्टरका चिकित्सकले उनको छालाको राम्रो उपचार गरे । क्रिम लगाएर उनको छालालाई हाइड्रेड बनाए । ‘नर्सहरुले उनको शरिरलाई भेसलाईनमा भिजाएको कटनले दिनँहु बेर्ने गर्थे र नुहाइदिन्थे । उनले माया र उपचार दुबै पाईन,’ चिकित्सक भन्छन् । बिस्तारै उनको छालामा सुधार भयो । उनको फिजोयोथेरापी भयो ताकी उनी हिडडुल गर्न सकुन । उनले आफूजस्तै अशक्त बालबालिका भेटिन् । उनी खुसी भइन । तर उनको छालालाई दीर्धकालिन रुपमा स्वस्थ्य राख्न पेट्रोलियम जेली आवश्यक पर्छ ।

नगिन अहिले अशक्तहरु पढ्ने विद्यालय जान्छिन् । ‘उनी निकै खुसी छन । उनका हात जन्मदै समस्या भए पनि राम्रो लेख्छिन, ’ डा. बास्तोला भन्छन् । 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com