राम चन्द्र बचाउ अभियानमा जुट्न सबैलाई आग्रह

उत्तम बिक युएई साउन १९,

बैदेशिक रोजगारिको शिलशिलामा २०७० श्रावण ५ गत्ते साउदी अरबमा पुगेका राम चन्द्र तिमल्सिनाले चलाउने गाडीमा सामान लोड गरि रोकेर राखिएको गाडीमा कार ठोक्किदा कारमा सवार मानिसको मृत्यु भएपछी  मान्छे मारेको आरोपमा साउदीको जेलमा परेपछि यतिबेला देश बिदेशमा रामचन्द्र बचाउ अभियान शुरु भएको छ ।

 नेपालमा राम्रो रोजगारी पाउन नसक्दा बैदेशिक रोजगारीमा जान बिबस काभ्रे कुशादेबि गाबिसका तिमल्सिना साउदी अरबको जाबिराह हायल सिमेन्ट कम्पनीमा ड्राईभरको रुपमा कार्यरत थिए । आफ्नो कम्पनीमा सिमेन्ट लोड गरेर राखिएको मालबाहक गाडीमा एउटा पाकिस्तानीको कार आएर ठोक्किए पछी उक्त कारमा सवार पाकिस्तानीको घटना स्थलमै मृत्यु भएको थियो भने उक्त घटनाको दोषीको रुपमा साउदी अरबको हायल केन्द्रीय कारागारमा तिमल्सिनाले बिगत २२ महिना देखि बन्दि जीवन बिताई रहेका छन ।

सो दुर्घटना पछी पाकिस्तानिहरुलो बाक्लो उपस्थिति रहेको उक्त ठाउमा कुनै व्यक्तिले नियोजित रुपमा बियरको बोतल तिमल्सिनाले चलाउने गाडीमा राखिदिएको र खोजतलासको क्रममा बियरको बोतल भेटिएपछि साउदीको कानुन अनुसार मादक पदार्थ सेवन गरि सवारी चलाएको आरोपमा जेल चलान गरेको हो । हाल उक्त मृतक परिवारले ब्लड मनि स्वरूप एक लाख बिस हजार साउदी रिएल माग गरेको र तोकिए बमोजिम रकम नदिए आजीवन जेल चलान गर्ने अदालतको फैसला पछी तिमल्सिना परिवार यतिबेला अन्योलमा परेको छ ।

निम्न वर्गीय तिमल्सिना परिवारले यति धेरै  रकम उपलब्ध गराउन नसक्ने स्थिति देखिएपछी अहिले देश बिदेश सबै तिर १ लाख २० हजार साउदी रिएल जम्मा गरि रामचन्द्र लाई बचाउने उद्धेश्यले रामचन्द्र बचाउ अभियान शुरु गरिएको छ भने उनका आमाबुबाले आफ्नो छोरा बचाई दिन सबैलाई अनुरोध गरेका छन । यसैगरी रामचन्द्र बचाउ अभियान अन्तर्गत युईमा  समेत काभ्रे सम्पर्क समिति नामक बिसुद्द सामाजिक सस्था र अन्य सघ सस्थाहरु बाट समेत रामचन्द्रलाई बचाउ सहयोग सङ्कल्न लाई तिब्र रूपमा अधि बढाईएको छ भने अन्य देशहरुबाट पनि सहयोग रकम जम्मा हुनेक्रम जारी रहेको छ ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com