लघुकथा - तीजको रमझम

रमाईलो चाड तीज । आंगनछेउ पस्दैथ्यो ! नेपाली हिन्दु तथा गैर हिन्दु नारिहरुको मन एक तमासले पुलकित हुन थाल्दैथ्यो !

मीनाले लोग्नेलाई भनेर एक सेट छट्के तिलहरी किनी मागी ! बल्ल माथिल्लो घरको जेठी भाउजुसित दामले भएर हिड्नु सुहायो ! "ए बाबा ! तपाईले पठाईदिनु भएको पैसाले आज तिलहरी किनें ! इ हेर्नुस न " इमो भिडियो कलमा देखाउदै बोली लोग्नेसित ।

"ल राम्रो भयो ! अब अरु डिमान्ड नगर है यो बर्स !" बिदेसबाट लोग्नेले जिस्कायो," तिमिलाई था छ ? यो छोरा पाउने गिफ्ट दिएको नि बुझेउ ?"


"अहिले मारिदिन्छु तपाईलाई ......" लाडे पल्टिन्दै बोली मिना !
"भारी जिउ छौ माईत नजानु ल ! गाडिमा भीड हुन्छ ! आउन जान सारो गारो !" 


****
भदौ महिना खेतमा धान गोडियो ! खेताला ओईराएर ! महंङ्गो भाउमा । माईतिबाट तागेतार फोन आईरहेथ्यो आमाको मन न हो ! हरेक बर्स झै । यो बर्स कुटुम्ब घर गएकी छोरी किन छुटाउनु ? 


अन्त मिनाले सासू र लोग्नेलाई चिप्लो घसेर माइत गएर छाडी ! दुर्गम गाउँ पातलो ट्याक्सी पाइन्थ्यो ! त्यो पनि हारालुछ । दुई ठाउँ गाडी फेरेर ५ घन्टामा पुगि जन्मघर !


गाउँभरिको आईमाई जम्मा भएर रातभरी मीठो-२ दर खाँदै नाचगान गरियो ! मादल फुट्ने गरि बजाएर !
****
व्रतको दिन ! श्रीमानको दिर्धायु र स्वस्थ्यको लागि खाली पेट बसि अरु नारी झै । उनिले स्थानिय मन्दिरमा फूल जल चढाई वर मागी !


बेलुकीपख पेट दुखेर फत्य्राक फत्य्राक भई उनी । उनिलाई बोकेर हस्पिटल कुदाइयो !
गाउँमा फोन आयो खरेलनि काकिलाई ! बुहारीको त ७ महिनाको बच्चा चल्न छाड्यो रे, के सुन्न परो ! भारी जिउको छस नजा भन्दा मानिनं ला !


केही दिनपछि बच्चा मरेको पेट एभर्सन गरेर घर फर्कि उनी ! सबैका दोषी नजर उनिमाथी खनिए !

24/08/2016 बुध
उर्लबारी-4/253, मोरङ
हाल: मलेसिया
तीजको दृष्य मोडल डान्सर : पार्वती राई र अन्य

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com