सयुक्त राष्ट्र संघकि यूवा सम्मेलनकि युवा अध्यक्ष जोलिले न्युयोर्कमा युवा भेलालाई सम्बोधन गर्दै (हेर्ने पर्ने भिडियो :)

विजय थापा ,वाशिंगटन डिसी भदौ ४,

सयुक्त राष्ट्र संघको इतिहास मै यूवा सम्मेलनको युवा अध्यक्ष बन्न सफल नेपाली चेली जोली अमात्यले ९७ राष्ट्रका १ हजार भन्दा ज्यादा सहभागीलाई सम्बोधन गरेकी छिन् l

जोली सबै भन्दा कनिष्ठ तथा नेपाली मुलकी प्रथम युवा अध्यक्ष बने पछि नेपाल र नेपालीको शिर उच्च बनेको छ l सयुक्त राष्ट्र संघमा नेपाल र नेपालीको छवीलाई अझ राम्रो बनाउन सफल भएकी छिन् l

पाटन निवासी बुवा जगदिस मान अमात्य तथा आमा कृष्ण अमात्यकि जेष्ठ सुपुत्री जोली अमात्य सबै नेपालीको लागि गर्वको बिषय भएको छ l र, उनि उदाहरण बनेकी छिन् l

नेपाल आमाले जोली अमात्य जस्ता छोरी लाखौ सन्तान जन्माउन l आत्मविश्वासको साथ अमेरिकाको न्युयोर्कको युएन प्रधान कार्यालयमा उनले सम्बोधन गरेको हेर्ने पर्ने भिडियो :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com