कविता By, मन्जुश्री
'नारी एक दृष्टिकोण अनेक '
सृष्टिकै सुन्दर फुल अनि काडा पनि नारी
कतै नयाँ चमत्कारि कतै पृथ्वीकै भारी।
लगनशील , जिम्मेवारी र जवाफदेहीता सबैमा बराबरि
उन्लाइ हेर्ने दृष्टिकोण मात्र फरक पारी ।।
उनिनै रूपवती ,गुणवति अनि चरित्रहिन पनि
मुल्यांकन केवल योगदानको मात्र शब्दले जननी ।
माया ममता र सहनशीलताले भरिपुर्ण महान नारी
नीति नियम सिद्धान्तका पारखीनै स्वयं अपहरणकारी।।
कतै कुटिन्छे कतै पुजिन्छे एउटै नारी पनि
कतै लुटिन्छे कतै पुरस्कृत हुन्छे एउटै नारी पनि ।
अधिकार र आरक्षण सुनिस्चित गर्नु छैन अब जरुरी
लड्नु पर्छ नारी तिमी मात्र स्वतन्त्रताका लागी जसरी ।।
मन्जुश्री