किन आक्रोश बनिन् अनुष्का !

 एजेन्सी, मुम्बई, साउन २८,

भारतिय क्रिकेटर विराट कोहिलीसँग बलिउडकी सुन्दरी नायिका अनुष्का शर्माको प्रेम भयो। उनीहरूके प्रेम र रोमान्सका विभिन्न गसिपहरू विभिन्न समयमा आए।

केही समयपछि उनीहरूको ब्रेकअप भयो। त्यो पनि मिडियाका लागि हटकेक नै भयो। हा उनीहरू फेरी जोडिएको चर्चा छ। मिडियाको यस्तो शैली अनुष्कालाई भने मनपरेको छैन्। त्यसको संकेत हालै फेरी उनले देखाइन्।

एक पत्रिकालाई दिएको अन्र्तवार्तामा अनुष्काले आफू व्यक्तिगत बिषयमा खासै बोल्न नचाहने बताइन्। उनले मिडियामा आफूहरुको प्रेमको बिषयमा मात्र गसिप बन्ने गरेको भन्दै आपत्ती जनाइन्।

उनले भनिन्-‘हामी भेटेको, मिलेको समाचार बन्छ। अब, प्रेममा रहेपछि भेटनु, डेट जानु कुनै नौलो कुरा हो र? यस्तो बिषयलाई किन ठूलो बनाइन्छ?’

अनुष्काले आफूले मिडियासँग कुराकानी गर्दा व्यवसायिक कुरा गरेतापनि हेडलाइन व्यक्तिगत विषयमा नै बन्ने गरेको भन्दै आक्रोश पोखिन्। उनी मिडियालाई सधै गसिप भए पुग्ने भनेर रिसाइन्।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com