४-मुक्तकहरु 'गन्तब्य '
तिमीले दिएको घाउको निशानी बोकेर
यात्राामा निस्किए दुखेको बिहानी बोकेर ।
गन्तब्य बिनाको पाइला घिसारी हिड्दैछु
आँशुले भिजेको एउटा सिरानी बोकेर ।।
.........................................................
मलाई मेरो गन्तब्यमा छोडेर फर्के हुन्छ
खाएका सयौ बाचाहरु तोडेर फर्के हुन्छ ।
चितामा लाश चढेपछी आगोले जल्नु अघी
नौमती बाजा संगै घुम्टो ओढेर फर्के हुन्छ ।।
............................................................
मुर्ती बोल्ने भए मन्दिर बोल्ने भए
भ्रम हट्थ्यो होला तस्बिर बोल्ने भए ।
कस्ले देख्या छ र जिन्दगी गूड्ने बाटो
को बेहोर्थ्यो जोखीम् तक्दिर बोल्ने भए ।।
.....................................................
वारी मुटु छाड़ि तिमी पारीतिर के खोज्दैछौ ?
त्यो उराठ पिरतिको बारीतिर के खोज्दैछौ ?
भन्थ्यौ सधैं मेरा लागि फुल फुल्छन् जताततै
नढाटेर भन काँडा घारीतिर के खोज्दैछौ ?
श्रीराम अधिकारि
हेटौडा, हाल इज़रायल