कविता ' गृहिणीको परिचय पत्र '
बिद्रोह, ईष्या
असफलता, असुन्तोष
दवाव ममा पनि छ
देखाउन सकिएन
डर छ कहि दाना खाईरहेका
चराहरु उडछन् की
मुक्ति, अधिकार
साहश, उन्नती
मलाई पनि चाहिन्छ
देखाउन सकिएन
डर छ कहिं माला झैं उनीएको
परिवार छताछुल्ल भईन्छ की
माया, मिलन
त्याग, संयोग
म मा पनि छ
डर छ कहि यी सबै बिलाएर
सन्सार भताभुङ भईन्छ की
-दिब्या बज्राचार्य