गजल By, राम प्रसाद गैरे
नयाँ योजना लेख्ने रहरमा चल्छ जिन्दगी
देख्दै सपना तेही सफरमा चल्छ जिन्दगी
सुन्छु मानिस भित्र मानिसको भिन् अन्तर
राम्रो नराम्रो दुवै खबरमा चल्छ जिन्दगी
राष्ट विकास मेरो उदेस्यनै हुन्छ पहिलो
छल कपट छैन भरमा चल्छ जिन्दगी
पर्छ विचार गर्न हामी सबैले यो युगमा
थोरै चेतना पुज्दै पथ्थरमा चल्छ जिन्दगी
जाने उत्तम बन्छ मानबको आफ्नो संसार
तेही नजाँदा खेरी बगरमा चल्छ जिन्दगी
राम प्रसाद गैरे
पाल्पा रामपुर
__ दोस्रो गजल ...