गजल By, मानन्धर अभागी
उ आफूले आफैलाई पि रहेछ
पिएरै जिन्दगी सिध्याइ रहेछ
कति वोझ होला कति पीडा होलान्
जिन्दगीमा हेर उ थाकि रहेछ
छाती पिटी पिटी लैलाको मजनुझैं
आफ्नो प्यारको भीख उ मागी रहेछ
मुख...बाट जो रक्त...धार वग्दैछ
लुकाएर व्यथा उ ढाँटी रहेछ
निदा...एछ आँखा मृत्यू त्यो शैयामा
कसैको निम्ति मात्र उ वाँची रहेछ ।
मानन्धर अभागी