गजल By, हरी गौतम


गजल By, हरी गौतम  

जीन्दगी खोला हो की बगर सोच्नै सकीन मईले !!
गएर कहाँ टुंगिन्छ यो सफर सोच्नै सकीन मईले !!

लाग्छ हिड्दा-हीड्दा जीन्दगीका यी गोरेटाहरू-
अहिले बाटोमा छु"की"पुग्दैन घर सोच्नै सकीन मईले !!

धेरै देखेँ  सुन्दर मुहारमा कालो चस्माले छोपीएका-
कसरी भनउ खराब थीयो नजर, सोच्नै सकीन मईले !!

यती बुझ्नुस प्रेम यु्द्ध मा हारी सकोको मान्छे हुँ "म"
भन्नुस ममा भय थीयो की डर?सोच्नै सकीन मईले !!

दीन त हजुर उस्लाई प्रेमको सागर नै दीएकोथें-
अमृतलाई बनाइ कसरी जहर सोच्नै सकीन मईले !!

  हरी गौतम -खनदह३-
[ अर्घाखाँची ] हाल-भारत!

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com