कहा देखी लाग्छ माँया, जान्न पाए हुन्थ्यो..!!
त्यती ठाउलाई काटी मैले,फाल्न पाए हुन्थ्यो..!!
कती वेला वस्छ् माँया थाहै हुन्न अरे....!
मूटु भीत्र पसी कुरा, चाल्न पाए हुन्थ्यो...!!
जहा देखी छीर्छ प्रेम, पत्तो पाए भने...!
कसैगरी त्यो ठाउलाई, टाल्न पाए हुन्थ्यो..!!
हजार कोसीश गर्दा पनी मनमा पस्यो भने...!
झीकी मूटु"फेरी..अर्को, हाल्न पाए हुन्थ्यो..!!
हरी गौतम (अर्घाखाँची)
-खनदह ३-| हाल-भारत|