डाक्टरको लापरबाहीले सुन्दरी गीताको जीवन भयो यस्तो ‘कुरुप’

आषाढ २१,

तस्बिर हेर्नुहोस् राम्ररी । दुईटा तस्बिर, एउटै महिलाका हुन् । अघिल्लो उनको पाठेघरको सर्जरी हुनुअघिको भने पछिल्लो सर्जरी पछिको ।

आठ वर्ष पहिले डाक्टरले जानकारी बिना नै गीता देवानको अंडाशय र पाठेघर निकालिदिए ।  जतिबेला उनी २८ वर्षकी थिइन् र बैंशले हराभरा थिइन् । त्यही एउटा अप्रेशन कारण गीता अहिलेसम्म सामान्य जीवनशैलीमा फर्किन सकेकी छैनन् र उनको जीवन उजाड मरुभूमि सरह बनेको छ ।

विस्तरामा रहेकी गीता भन्छिन्, ‘डाक्टरले भनेका थिए- सानो प्रोसिजर छ, चाँडै घुमफिर गर्ने हुन्छ्यौ ।’ ७ जुलाई २००८ मा उनको अप्रेशन भएको थियो । ‘अप्रेशनपछि मेरो पाइतालामुनिको जमिन भाँसियो, जब मैले मलाई जानकारी नदिइ डाक्टरले अण्डाशय र पाठेघर निकालेको थाहा पाएँ ,’ गीता सम्झिन्छन् ।

त्यो जमाना थियो, जतिबेला गीता दिनमै २ लाख रुपैयाँसम्म कमाउँथिन् । राम्री कलाकार थिइन् । एकदिन उनी ‘लेडिज प्रोब्लम’को उपचारका लागि जब भारतको लुधियानाका डाक्टर अमित सोफेट र डाक्टर रमा सोफेटको क्लिनिकमा पुगिन् जहाँ यो घटना भयो।

त्यसपछि दुर्दिन सुुरु भए  । गीताका श्रीमानले छाडिदिए । उपचारमा सारा धनसम्पत्ति सकियो ।
उनको साथमा मात्र छिन्, उनकी १४ वर्षकी छोरी । ल्यापटपमा आमाका पुराना म्युजिक भिडियो हेरिरहेकी छिन् । सुन्दर तस्बिर हेरिरहेकी छन् । तस्बिरमा गीता गुरुदास मान र हंसराज हंस जस्ता कलाकारसँग छिन् ।

यो घटनाको छानविनका लागि बनेको डाक्टरको समूहले सफेट दम्पत्तिको चिकित्सक लाइसेन्स खारेज गर्न सिफारिस गर्दै भन्यो, ‘यस्तो लाग्छ कि डाक्टरले मेडिकल कारणका अलवा दोस्रो कारणका लागि यो काम गरेको देखिन्छ ।’

बिबिसिसँग भएको कुराकानीमा डा अमित सोफेटले चिकित्सकीय लापरबाही इन्कार गरे । उनी गीताले सहमति पत्रमा हस्ताक्षर समेत गरेको दाबी गर्छन् । तर, उक्त हस्ताक्षर पत्र भेटिएन ।

सन् २०१३ को एक शोधका अनुसार संसारमा हरेक वर्ष ४.३ करोड मानिस असुरक्षित चिकित्सकीय उपचार प्रणालीका कारण दुर्घटनाका शिकार हुन्छन् । रिपोर्टमा पहिलोपल्ट यस्तो पत्ता लगाउने कोशिश गरिएको थियो कि चिकित्सकीय भुलका कारण हुने दुर्घटनामा एक वर्षमा कति मानिसको जीवनमा क्षति पुग्छ ?

(बिबिसि हिन्दीको ‘डरवाने डाक्टर’ शृखलाबाट अनुदीत अंश) 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com