सिरिया, प्रसुती अस्पतालमा आक्रमण हुँदा दुईको मृत्यु

एजेन्सी साउन १६,

उत्तर पश्चिम सिरियामा भएको हवाई हमलामा त्यहाँको प्रसुती अस्पताल प्रभावित भएको छ ।
आक्रमणमा दुई जनाको मृत्यु भएको छ भने अन्य केही घाइते भएका छन् । आक्रमण्मा केही शिशु घाइते भएका छन् एक गर्भवती महिलाको खुट्टामा चोट लागेको छ ।

आक्रमणपछि अस्पतालको प्रवेशद्धार भत्किएको छ ।  मारिने मानिस बिरामीका आफन्त भएको बताइएको छ । सेभ दी चिल्ड्रेनको सहयोगमा सञ्चालित सो अस्पताल सो क्षेत्रकै सबैभन्दा ठूलो अस्पताल भएको बताइन्छ ।
अस्पतालमा एक महिनामा ३ सय बढी शिशुको प्रसुती गराइन्छ ।

आक्रमणको समयमा दुई ओटा शल्यक्रिया भएका थिए । सो विस्फोट लज्जास्पद कार्य भएको चेरिटी सिरियाका निर्देशक सोनिया खुसले बताइन् । आक्रमणले स्वास्थ्य सेवामा र स्वयंमसेवकमा त्रास फैलाएको उनले बताइन् ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com