लक्ष्मी अनुरागी,
मेरो जितको लागि बुवाले
सयौं पटक हार्नु भएको थियो | आफ्नो हैसियतले भ्याए सम्म मलाई अभावको महसुस
हुन दिनुभएन | आमा बित्नु भएपछि बुवा गाउँमा एक्लै बस्नु हुन्छ | बाबु , म
एक्लै बस्न सक्दिन | त्यतै आउँछु भनेर कति चोटी फोन गरिसक्नु भयो तर अहिले
सम्म बुवालाई आफूसँग ल्याउन सकेको छुइन | मेरो विवसता की कायरता यो के हो ?
म आफैं ले नै बुझ्न सकिरहेको छुईन |
वरीपरी सबै साथी भाइ हरुले नाति
नातिनी खेलाउँदै गरेको देख्दा बिचरा बुबाको मन कति कटक्क दुख्दो हो |
वाहाँको सम्झनाले मलाइ यति धेरै घायल पार्छ र पनि किन म यति स्वार्थि
बनिरहेको छु | दिदी नजिक भइदिनु भएको भए पनि सजिलो हुने थियो होला | तर
वहाँ पनि डिभी परेर अमेरिका गए देखि नेपाल र हामीलाई चटक्कै भुले जत्ति कै
गर्नु भयो | मैले फोन गरें भने पनि पैसा माग्लाकी झैँ गरेर गारो मान्दै
बोल्नु हुन्छ | आमा हुन्जेल त फोन गर्नु हुन्थ्यो रे तर बुबालाई त तीन
महीना मा बल्ल एक चोटी फोन गर्नु हुन्छ अरे | भाइ पनि अस्ट्रेलिया गए पछि
फर्केर आएन | सुन्छु अबत पि आर पनि पायो अरे अनि उतै सँगै पढ्ने केटि सँग
बिहे गर्ने कुरा गर्दै छ अरे | म पनि यो काठमाण्डौको खाल्डो बाट बाहिर
निस्कन सकिन | गाउँ गएर बसौं भन्दा छोरा - छोरी र बुडी मान्दैनन् | उनीहरु
लाई यही घरमा छोडेर म चाहिं बुबा सँग बसौंन भन्दा पनि जागिर यतै छ |
बुबालाई त्यसरी गाउँमा एक्लै छोडेर म भने यहाँ परिवार सँग बस्दा मेरो मन
डढेर खरानी भएको देखिदिने र बुझिदिने कोही छैन |
सुन्नुस् त ! तल सिंढी छेउको कोठा पनि भाडामा लाग्यो है !
श्रीमती गोमाको कुराले सोचमग्न दुनियाबाट झसङ्ग हुँदै रामेस्वरले भन्यो ,
मलाइ नसोधी किन दियौ ? बुवालाई अब हामीसँगै ल्याउनु पर्छ त्यसैले त्यो
कोठा बुवाको लागि हो |कसलाई दिएको हो उनीहरु आए भने हुँदैन भनिदेउ |
अहिलेनै फोन गरेर भनिहाल र बैना फिर्ता लिन बोलाउ | यदि झोलीतुम्बा लिएर
टुप्लुक्क आए भने गारो पर्छ | रामेस्वरको कुरा भुँईमा झर्न नपाउँदै गोमाले
रिसाउँदै भनिन् , “बुवा गाउँमा बसिरहनु भएकैछ नी ! किन यहाँ ल्याउनु पर्यो
बेकारमा ? बसी बसी आउने आम्दानी घटेर खर्च मात्र बढ्छ | बिनासित्ति घरमा
अशान्ति सँगै मलाई अरु काम पनि थपिन्छ |” हजुर एक्लै सबै धान्ने हिम्मत छ
भने ल्याउनुहोस् तर म त सक्दिन भन्दै गोमा भान्सातिर गईन् |
श्रीमतीको कुराले रामेस्वर लाई टुक्रा टुक्रा बनायो | उस्ले सोच्यो मेरी
अर्धांगिनी जस्ले मलाइ सुखमा मात्र नभएर दु:खमा पनि साथ दिनु पर्ने | मेरो
पिडाको घाउमा मायाँको मलम लगाउनु पर्ने हो | तर उस्ले त उल्टै मेरो घाउमा
नुन चुक पो छर्छे | होइन सबैका श्रीमती यस्तै हुन्छन् की मेरी मात्र हो |
उस्को जन्म दाता यसरी एक्लै बस्नु परेको भए यस्तै रुखो ब्यबहार गर्थी होला
त ? आखिर छोरा छोरीको साहारा चाहिने भनेको बुढेसकालमै त होनी | यो सबै
जान्दा जान्दै पनि उ यति बिघ्न स्वार्थि हुन कसरी सक्छे ? के भोली उस्को
चाहिं यो अबस्था हुँदैन र | उसलाई बुझाउन नसक्नु सायद मेरै कमजोरी हुन
सक्छ तर यसो भनेर अब भने मैले चुप लागेर उसलाई जे मन लागो त्यहि गर्न दिनु
हुन्न भन्ने सोचेर श्रीमतीको कुरा सकिने बित्तिकै रामेस्वर केही बोल्न
लागेको थियो, ठिक त्यही बेला भाडामा बस्ने मान्छे समान लिएर टुप्लुक्क
आइपुगे | ती मान्छेलाई देखेर रामेस्वर केही बोल्न सकेन र हेरेको हेर्यै भयो
|
भाडामा बस्न आएका एक जनाले भने , रामेस्वर तिमीले छक्क पर्नु
पर्दैन | मेरा छोराहरु अमेरिका गएका उतै अलप भए |उनीहरुलाई मेरो केही खोज
खवर छैन | श्रीमती बिते पछि म नितान्त एक्लो परें |बिगतमा मन्दिर जस्तो
मेरो घर अहिले आएर भुत बंगला झैं हुन पुगेको छ | छोरा हरु बेलायत र
अमेरिका पुग्दा त के के नै होला भन्ने सोचेर आफ्नो जुनी भरिको कमाइ अर्पेर
पठाएँ | अहिले लागेको लगानी पछि सबै पुरा हुन्छ भने सोचेको थिएँ तर सबै गलत
रहेछ | गाउँ र देशको सेवा गर्लान भन्ने लागेको थियो | उल्टै मलाइ नै
अलपत्र पारेर छोडे | बरु साधारण लेख पढ मात्र गराएर खेतीमै लगाएको भए आज यो
दिन बेहोर्नु पर्ने थिएन होला | खुब छोरा हरुलाई विद्वान् बनाउने भएं जसको
परिणाम मैले भोगीरहेको छु | हुनत बुढ्याले भनेकी थिइन ,छोरा हरुलाई बिदेस
नपठाएर आफ्नै देशमा पढाउनुस |” उनको बोलि मलाइ गला लाग्यो | म जस्तै हरी
जी पनि एकपाखे भएर फगत एक्लो पर्नु भएकोछ | वाहाँको पनि हालत दयनीय छ |
मन
भारी बनाएर कुरा गर्नु हुन्छ | आफैं लाई खाला जस्तो घरमा एक्लै तड्पिएर कति
बस्नु तिमिनै भनत बाबु |त्यही भएर हामी दुई जनाले आपसमा सल्लाह गरेर
तिम्रो घरमा भाडा बस्न आएका छौं | अप्ठ्यारो नमान बाबु , हरी जी मसंगै
बस्नु हुन्छ | कम से कम एक अर्काको साहारा त हुन्छौं | हामीले तिम्रो
मार्का बुझेका छौं , त्यसैले नडराउ |हामी तिम्रोमा भाडा तिरेर बसेको कुरा
समाजलाई थाहा हुँदैन |
रामेस्वरले गहभरी आँसु बनाउँदै भन्छ ," बुवा
हजुर अच्चानक यसरी ?" म पनि त अच्चानोमा परेको छुनी बुबा ! हजुर लाई
लागेको होला मैले वस्ता गरिन भनेर | तर त्यस्तो होइन बुबा हजुर लाई गाउँमा
एक्लै छोड्नु परकोले मलाइ पनि कहाँ चैन मिलेको छर | हजुर लाई आफैं सँग
राखेर सेवा गर्ने चाँजो पाजों मिलाउदै थिएँ | खवरै नगरी त्यो पनि यस्तो
निर्णय गरेर आउनु भयो |
रामेस्वरको कुरा सुने पछि उस्को बुवा हरी
प्रसादले भन्छन् ," छबिन्द्र जी जहाँ बसे पनि आखिर भाडा तिरेर नै बस्नु
पर्ने हो , त्यसैले तिम्रै घरमा बस्छु भन्नु भयो | साँच्चै भन्ने हो भने ,
तिमी सँगै हुन पाउँदा हामीलाई ढुक्क हुन्छ र तिमीलाई पनि एक किसिम ढुक्क
हुन्छ | एक्लै कोठामा मर्छु होला भन्ने पिरले धेरै सताई रहयो | गाउँलेका
अगाडि पनि सरम लाग्न थाल्यो | छोरा सँग बस्न छोडेर बुढेसकालमा एक्लै बसेर
यो के दुख बेसाको भन्छन् साथी भाइहरुले पनि | दुई वर्ष एक्लो बसें तर अब
सक्दिन बाबु | त्यसैले हामी दुई जनाले यस्तो निर्णय गर्यौं | अरुले देख्दा
पनि तिमीलाई राम्रो हुन्छ | कसरी भने बुबा लाई सँगै राखेकोछौ भन्ने
देखिन्छ र तिमीलाई खर्चको समस्या कम हुन्छ | धन्दा नमान् बाबु म मेरो
लागि सबै खर्च आफैँ जुटाउँछु | त्यसैले बाबु केही दु:ख नमानी भाडा लिएर भए
पनि तिम्रो एउटा कोठामा हामीलाई आश्रय देउ | यो बुढेसकालमा तिम्रो र
नाति -नातिनीको अनुहार हेर्न पाए मलाई अरु केही चाहिंदैन |
जेहुनु
भइहाल्यो तर मैले ब्यबस्था मिलाउन नसके कारणले गर्दा हजुरलाई भएको कास्टको
लागि क्षमा चाहान्छु बुबा भन्दै समान हरु कोठामा थन्क्याएर बिछ्याउना को
प्रबन्ध मिलाए पछि रामेश्वरले आफ्नो बुबा र छबिन्द्र लाई कोठामा बोलाउँछन् |
त्यस पछि हजुरहरु लाई थकाइ लागेको होला आराम गर्दै गर्नुहोस , म खाजाको
बन्दोबस्त गर्छु भन्दै रामेश्वर कोठाबाट बाहिरिन्छन् |