दुई लाख डलरको नङ पालिस

एजेन्सी साउन २, 

नङको सुन्दरताका लागि महिलाहरुले स्पा देखि नेल आर्ट सम्मको सहारा लिन्छन् ।

 फेसनका शौखिन महिलाहरुलेे हरेक दिन पहिरनसँग मिल्दो नङपालिस लगाउँछन् । यसरी नङपालिसमा थेरधोर पैसा खर्च गर्नु सामान्य हो । तर के कुनै महिलाले नङपालिसमा करोडौँ रुपैयाँ खर्च गर्न सक्लान् ? सायद मनपर्ने नङपालिसका लागि जतिपनि मूल्य चुकाउन पछि नपर्ने धनाढ्य महिलाहरु यो दुनियामा भएकै कारण संसारमा साढे दुइ करोड भन्दा बढि मूल्य पर्ने नङपालिस समेत बनेका छन् ।

दुनियाको सबैभन्दा महंगो नङपालिसको मूल्य साढे दुइ लाख डलर पर्छ । एजेचर ब्राण्डको यो नङपालिस कालो हिरायुक्त नङपालिस हो ।

यो नङपालिसको मूल्य यति बढि हुनुको कारण यसमा २६७ कालो हिराका पत्थर रहेका छन् ।

यो नङपालिसका अहिलेसम्म २५ जनामात्र ग्राहक फेला परेका छन् । अन्य ५७६ जना व्यक्तिले यो नङपालिस किन्नका लागि आफ्नो नाम दर्ता गराएका छन् ।

हलिउडस्टार मेगन फक्स, केली क्लार्कसन तथा लिव टायलरले यो ब्लाक डायमन्ड नङपालिस खरीद गरेका छन् ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com