नेपाली समाज युएई ले आफ्नो २६ औ वर्षको बार्षिक उत्सब भब्यता का साथ मनाउने तयारीमा लागिपरेको छ। युएइका बिभिन्न ठाउमा काम गरि साझ परेपछि बस्न आउने नेपालीहरुको बास स्थानमा आज भोली नेपाली समाजका पद अधिकारीहरु कार्यक्रमको प्रचार प्रसार मा लागेका देखिन्छन।
दुबई को सोनापुर,अलकोज र जबल अली का लेबर केमहरु मा नेपाली समाजका सदस्यहरु
नेपाली समाज युएई संस्थाका महासचिब-मणि भुर्तेल,सचिब-सुरज भित्रीकोटि साथै समाजमा लामो समय काम गर्नु भएका कमल बस्याल, दुर्गा पन्गिनी,जनार्दन भुर्तेल लेखनाथा भण्डारी,सुक्र सलामी को टिमले जबल अली डिआईपी क्षेत्रका लेबरकेमहरु को भ्रमण गरि नेपालीहरुलाई भेटघाट गरेको छ।
बिगत देखि बर्तमान सम्म सस्थामा रहेर सहकार्य गरेका तथा अन्य संघसस्थामा रहेका समाज सेबिहरुलाई भेटने र आपसी भाइचारा बढाउदै नेपाली बिच सहयोग आदान प्रदान गर्न हामी केमहरुमा नेपाली भेटने कोसिस गरेको हौ सचिब भित्रीकोटीले सबैलाई बताए ।
सन १९९० मा युएई मा स्थापना भएको नेपालीहरुको संस्थाले यहि आउदो अगस्ट ५ तारिक सुक्रबार का दिन अल कोजको नया ग्रान्ड नजिकै डुलसको हल मा गर्न गैरहेको सास्कृतिक कार्यक्रममा सहभागीता जनाउनुहुन अनुरोध गर्दै समाजको २६ औ वर्षको बार्षिक उत्सबको बारेमा सबैलाई जानकारी गराउने उदेश्यले कुना कुनामा रहेका नेपालीहरुलाई भेटने योजना सहित बार्षिक उत्सबको कार्यक्रममा नेपालीहरुलाई स्वागत गर्न आतुर रहेको रहेको समाजका महासचिब मणि भुर्तेल ले जानकारी गराए।
कार्यक्रमलाई भब्य रुपमा सम्पन्न गर्ने अहिले सम्म युएई मा गरिएका कार्यक्रमहरुमा भन्दा धेरै नेपाली उक्त कार्यक्रममा उतार्ने समाजको योजना रहेको छ।