एक्काईसौं शताब्दीको नेपाल र नेपालीको अबस्था

उत्तम राज,

नेपाल र नेपाली जनता २१ औं शताब्दीको दुनियाँमा पुगिसकेका छन । बिश्वले बिकासको दौडानमा ठुलो छलाङ मारिसकेको छ । मानिस पृथ्बीमा मात्र नभएर चन्द्रमामा सम्म पुगिसकेका छन । २१ औं शताब्दीको यो दुनियामा आईपुग्दा पनि नेपाली जनताले भने केहि नयाँ बिकासको अनुभुति गर्न नपाउनु दुखद कुरा हो । सधै राजनैतिक स्थिरता, दलिय किचलो, हत्या, हिंसा, बलत्कार जस्ता जघन्य अपराध जताततै भ्रष्टचार, कालाबजारी, घुषखोरी जस्ता मारमा जनता पिरोली रहेका छन । बिकासको नाममा बर्षौ देखि मर्मत हुन नपाएका  खाल्डा खुल्डि परेको सडक, हप्तामा सातै दिन पानि नआउने धारा, दिनमा २० घण्टा लोडसेडिङ हुने बिजुली बत्ती महिनामा ५,७ दिन नेपाल बन्दा हडताल, चक्काजाम, दैनिक उपभोग्य सामानमा भएको मुल्य बृद्धि काला बजारी जस्ता सास्थी भोग्नु पर्ने बाध्यताले गर्दा नेपाली जनता दिन प्रतिदीन पिडित बनिरहेका छन ।

  जुन कुराको नेपाली जनताले अपेक्षा गरेका हुन्छन त्यो हुन नसक्नु भनेको नेपाल र नेपाली जनताले चाहेको जस्तो देश निर्माण हुन नसक्नु हो । नेपाली जनताले हाम्रा देशका प्रधानमन्त्री, मन्त्री, नेता तथा कार्यकर्ताहरुको मिठो भाषाण संगै तालि बजाएको पनि बर्षौ बितिसकेको छ । देशको बागडोर सम्हाल्न बिभिन्न समयमा थुप्रै मुहारहरु फेरिदै राज्यको उच्च निकायमा पुगि सकेका छन तर नेपाली जनताले आफ्नो अमुल्य भोट दिएर राज्यको जिम्मेवार तहमा पु¥याएका नेताहरु नै लोभ, लालचमा फसेर नाताबाद, कृपाबाद, भ्रष्टचार जस्ता जघन्य अपराधमा रोमलिएका धेरै उदाहरणहरु छन । जब निर्बाचनको समय आउछ तब हरेक गाउ गाउ छिरेर सकेसम्म गफले फकाउने नसके धम्काएरै भएपनि आफ्नो पक्षमा बनाउने त्यतीले मात्र नभए हल्का फुल्का नगदी कारोबार गरेर भएपनि आफुले निर्बाचन जित्ने अनि जिम्मेवार तहमा पुगेर हालिमुहाली गर्दै आफ्ना सन्तानलाई बिदेशको सुबिधा सम्पन्न बिद्यालयमा पढाउने, आफ्ना नातेदारहरुलाई राम्रो ठाउमा रोजगारीको ब्यबस्था गर्ने, आफु राज्यको ढुकुटिबाट बिभिन्न बाहानामा अरबौ कुम्ल्याएर शुख सयलको जिबन बिताउने जस्ता गलत क्रियाकलापले यस्ता साशकहरुबाट नेपाली जनताले बिकासको अनुभुति गर्न नपाएका हुन ।

  हो दुनियामा असम्भब भन्ने केहि छैन तर त्यसलाई सम्भब बनाउनको लागी पनि निरन्तरता दिनु पर्ने हुन्छ र स्वच्छ खुबि भएको ब्यक्ती हुनु पर्दछ । नेपाली जनताले सबै कुराहरुलाई बिर्सिएर नेताहरुको मिठो भाषणमा बिश्वास गर्दा नेपाली जनता अझै सम्म पनि बिकासको पुर्बधारहरु बाट बन्चित हुन परेको छ किनकी नेपाली समाजमा एक प्रकारकोे फोहोरी राजनैतिक किचलोका कारण जनतामा पनि एकरुपता हुन सकेको छैन । एउटा उदाहरण जस्तै मेलम्ची खानेपानि आयोजनालाई हेर्न सकिन्छ । काठमाण्डौको जनतालाई पानिको अभाब छ काठमाण्डौ कै जनतालाई चासो हुनुपर्छ अनि त्यहाका स्थानिय राजनैतिक दलका प्रतिनिधी, त्यस क्षेत्रका सभासद, मन्त्री नेता तथा कार्यकर्तालाई त्यहाका जनताले प्रयोग गर्न सक्नुपर्छ तर त्यसतो हुन सक्दैनन किनकी जनताहरु  नै राजनैतिक दलका झुटो आशामा यो पार्टि र त्यो पार्टि भन्दै किचलोमा फस्न पुग्छन तब जनता झन दुखको भुमरीमा फस्छन तर पनि नेपाली जनताको दिमागमा राजनैतिक दलको भुत भाग्न सकेको छैन ।

हाम्रो समाजलाई बिकास र निकासबाट बन्चित गराउन बिभिन्न खाले राजनैतिक कारणहरुले मुख्य भुमिका खेलेको देखिन्छ । जस्तै धेरै राजनैतिक दलहरु दर्ता हुनु जस्ले ब्यक्ती ब्यक्ती बिच असमझदारी बढाउनु, कुर्सि मोहमा पार्टीहरु चिरचिरा भएर टुक्रिनु, गाउ देखि केन्द्र सम्म नाताबाद कृपाबाद, भ्रष्टचार बढनु, राजनैतिक दलको खिचातानिका कारण बन्द हडताल गरिनु, राम्रो काम गर्नेलाई अबसरबाट बन्चित गरिनु, नेताहरु भाषण मुखि बन्नु र जनताहरु नेताको पुच्छर बन्नु, अफ्नो भरोसा नहुनेले बिश्व बिकासको सपना बाढनु, पिडितहरुलाई पिडा दिएर राष्ट्रघातीलाई सम्मान गरिनु, आर्थिक बजेटलाई समयमा कार्यन्वायन गर्न नसक्नु, लोक तन्त्रको भाषण गर्दै कानुनी राज्यको धज्जी उडाउनु, जस्ले राज्यको सुरक्षाको जिम्मा लिएको हुन्छ उसैबाट आतंक फैलाउनु, जस्ले राष्ट्र निर्माणको जिम्मा लिएको छ उसैबाट राष्ट्रको ढुकुटी रित्याएर राष्ट्रलाई कंगाल बनाउनु जस्ता बिभिन्न कारणले गर्दा हाम्रो नेपाली समाज पछाडी परेको देखिन्छ ।

तसर्थ नेपाल र नेपाली समाजलाई बिकास संगै निकास दिनको लागी सबैले आफ्नो ठाउबाट खबरदारी गरौं । सबैखाले राष्ट्रघातको बिरुद्ध आवाज उठाउ ताकि नेपालको कानुन भन्दा माथी कोही छैन भन्ने सबैले बुझुन । कसैको झुटो आशा र प्रलोभनमा कोही नपरौं, स्वास्थ्य, शिक्षा र गाँस बासको लागी सबैले सम्बन्धित ठाउमा दबाब सिर्जना गरौं । म हैन हामी भन्ने सोचको बिकास गरौं । ब्यक्तीगत स्वार्थलाई त्यागेर राष्ट्रियताका लागी निरन्तरता दिन सदैब अग्रसर बनौं । हाम्रा भाबि पुस्ताको लागी भए पनि हामीले नेपाल र नेपाली भन्ने ईतिहासको निर्माण गरौं । सबै खाले घृणित राजनैतिक किचलोको भण्डाफोर गरौं नेताहरुको भाषण हैन उनिहरुको कामको मुल्याङ्कण सहित समर्थन र आलोचना गरौं । हाम्रो देशको बिकास भए हामी पनि बिकसीत राष्ट्रको नागरिक बन्छौं भन्ने सोचौं । एक ब्यक्तीको बचाउ गर्ने आसेपासे हैन सिङगो राष्ट्रको बचाउ गर्ने स्वाभिमानी नेपाली बनौं ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com