अध्याय - पेटको बोसो कसरी घटाउने ?

बीबीसी आषाढ २९,

केकको जस्तो चुचो, खाली टायर, भालुको जस्तो पेट । एउटै जनालाई अनेक उपमा । तर, सबैको अर्थ भने एउटै छ अर्थात अत्यधिक भद्दा । पौडी खेल्दा त भुँडेहरुको  बिजोकै देखिन्छ । समस्या यतिमै कहाँ सिमित छ र ? ठूलो पेटले त तपार्इंका स्वास्यसम्बन्धि विभिन्न रोग निम्त्याउने गरेका छन् ।

पेटको भित्री मोटाइ बाह्य भन्दा बढी सक्रीय हुने विश्वास गरिन्छ । विभिन्न वेबसाइटहरुमा मोटो पेटलाई ह्वात्तै घटाउने उपयाहरुका बारेमा पनि वर्णन गरिएको पाइन्छ । त्यहाँ वर्णन गरिएका तरिकाले पेटको बोसो पगाल्न प्रभावकारी मानिन्छ ।

तर, यी तरिका कत्तिका प्रभावकारी छन त ?

बेलायतको दी ट्रस्ट मि आई एम ए डक्टर टिमले यसको गहिराईसम्म पुग्ने प्रयास गरेको छ । मोटोपनबाट मुक्त गर्न भएका एउटा प्रयासबारे हामीले तपाईलाई जानाकारी गराउँदैछौ ।

हामीले व्यायाम र पोषणको क्षेत्रमा काम गर्ने दुई जना विज्ञ र ३५ स्वयंमसेबकलाई नियुक्त गर्यौं । सबै स्वयंमसेबकको पेट ठूलो थियो जसका कारण उनीहरुलाई टाइप २ डायबिटिज र मुटु रोगको खतरा थियो ।

मेटाबोलिक मेडिसियनसम्बन्धि युनिर्भसिटीका प्राध्यापक एफ केप र बाथ युनिर्भसिटीका  डी थोमसनले चार जना समूहसँग काम गर्न दुई ओटा विधि तय गरे । प्रयोग अगाडि हरेक व्यक्तिको स्वास्थ्य मापदण्ड लिइएको थियो । सबैभन्दा महवपूर्ण मापन डीईएक्स्ए स्क्यान (डुयल एक्सरे एब्जोर्पटिमोट्राई) । यस विधिमार्फत सहभागी हरेकसँग भएको फ्याटको मात्राको चित्रसहित विस्तृत वर्णन गरिएको थियो ।

स्वास्थ्यसम्बन्धि अन्य मापदण्ड पनि मापन गरिए । मुटुको ह्दयको चाल, ब्लड ग्लुकोज, तौल, रक्तचाप र कम्मरको मापन ।

प्राध्यापक थोमसनले दुई प्रकारका व्यायामका लागि दुईटा समूहको छनौट गरे भने प्रा. कार्पले दुईओटा डाइटसँग सम्बन्धित उपचारका लागि दुईओटा समूह रोजे ।

थोमसनका समूहको गतिविधिलाई दिउसभर अनुगमन गरियो । उनीहरुले यस अगाडि जसरी खानेकुरा खान्थे सोही मात्रामा सेबन गर्न स्वंयसेवक सहभागीलाई निर्देशन दिइयो  । थोमसनले उनीरुहरुलाई बढी सक्रीय बनाउन परिवर्तित जीवनशैली अंगीकार गर्न लगाए । उनीहरुको दैनिक चालको गणना गर्न थाले ।

थोमसनको दोस्रो समूलाई पेट घटाउने सिट्अप्स सामग्री दिइयो । हरेक दिनमा ६ ओटा व्यायाम गर्नुपथ्र्यो । एक सातासम्म यस्तो व्यायाम गर्नुपथ्र्यो । ढाडमा शरिर धान्ने, घुँडा खुम्च्याउनुपर्ने,  भुइँमा फराकिलो गरी बस्ने लगायतका व्यायाम अभ्यास थिए । त्यस्तै हातलाई तिघ्रा, छाती र कानपछाडि राख्ने व्यायायम आसन थिए ।

प्रा. कार्पले अनुगमन गरेको तेस्रो समूहलाई भने भूँडीलाई घटाउने अर्को उपाय अपनाउन  सुझाब दिइएको थियो । सहभागीलाई दैनिक तीन गिलास (आधा लिटर) दुध खान दिइएको थियो ।

दिनहुँ दुध पिउदा फ्याट फाल्न सहयोग गर्ने अनुसन्धनाले देखाएका छन् । यस तरिका अनुसार शरिरले फ्याट सोस्न भन्दा पनि शौचमार्फत  फाल्न लगाइएको थियो ।

चौथो समूहमा डाइट ग्रुप थियो । उनीहरुले खाएको खानेकुरा बारे कुनै परिवर्तन नगर्न सल्लाह दिइएको थियो ।
उनीहरुको काम भनेको पेटको आकार घटाउनु, उनीहरुका हात र औलामार्फत खाना मापन गर्ने थियो । खानाको बिचमा स्न्याक्स कटौती गर्न उनीहरुलाई सुझाब दिइएको थियो ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com