सुरक्षित महिनावारी अभियानमा आमा समुह

 गुल्मी आषाढ १९,

चेतनाको मात्रै बिकाश भयो भने कुनै पनि कार्यलाइ राज्यको मुख ताक्न नपर्ने रहेछ भन्ने इस्मा रजस्थलका स्थानियले प्रमाणित गरेका छन् । 

सल्लेरी महिला बिकाश शहकारी सँस्था र जनजागृती आमा समुह को आर्थिक सहयोगमा गाविसको एक माध्यामिक बिद्यालय आनन्दपुर माविलाई महिनावारीका लागी सुरक्षित सामग्रीयुक्त बिद्यालय घोषणा गरेका छन् । अबदेखी सो बिद्यालयमा महिनावारीकै कारणले छात्राको अनुउपस्थित हुने छैन । 

कार्यक्रमका प्रमुख अतिथी बिद्यालय निरिक्षक राम बहादुर थापाले सेवा सञ्चारले महिनावारीको क्षेत्रमा पुर्याको योगदानको प्रशसा गर्दे यस्ता कार्यक्रम राज्यले पनि सन्चालन गर्नुपर्ने बताए । थापाले बिद्यालयलाइ बधाई दिदै सहयोग गर्ने निकायलाई धन्यवाद दिएका थिए । उनले कार्यक्रमलाइ निरन्तरता दिन निर्देशन पनि दिए । 

बिशेष अतिथी श्रोत व्यक्ति लाल बहादुर कुँवरले यो कार्यक्रम सबै नि मा बि र मा बि बिद्यालयमा आबश्यक रहेको बताउँदै आफु खटेर सबै बिद्यालयको कार्यान्वयन र अनुगमन गरेको बताए । त्यस्तै नेपाली क्यानेडियन ट््रकर्स एसोसिएसन क्यानाडा तथा सेवा सञ्चार गुल्मीका अध्यक्ष गँगा खड्काले बिद्यालयका छात्राहरुलाइ महिनावारी सरसफाइ सम्बन्धि अभिमुखीकरण गरी बिद्यालयमा महिनावारी कार्यक्रम शुरुवाती भन्दा निरन्तरता आबश्यक रहेको बताईन् । 

कार्यक्रममा बिद्यालय ब्यबस्थापन समिति सदस्य कलानिधी भण्डारी लगायतले मन्तब्य राखेका थिए । इस्मा रजस्थल का कुमारी नि मा बि र आनन्दपुर मा बि लाइ आमा समुहका अध्यक्षहरुले स्यानेटरी प्याड प्रदान गरेका थिए । ग बि स सचिब शेर बहादुर खड्काको सभापतित्व र शिक्षक हुम प्रसाद पैयाँनीको सँचालनमा सम्पन्न भएको थियो ।स्रोत-स्वास्थ्य खबर;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com