फिस्टेल ट्राभल्स दुबईकि संचालिक राई द्धारा शिक्षाको लागि सहयोगको घोषणा

उत्तम बिक युएई साउन ५,

गत १५ जुलाई २०१६ शुक्रबारको दिन बिश्वकर्मा समाज नेपाल युएईले आयोजना गरेको प्रथम बार्षिकोत्सव कार्यक्रममा फिस्टेल ट्राभल्स दुबईकि संचालिका मोती राईले असाहय विद्यार्थीको  लागि ५० हजार सहयोग गर्ने घोषणा गरेकी छन ।

प्रमुख अतिथि नेत्र बहादुर टन्डन, बिशेष अतिथि बिश्वकर्मा समाज नेपाल युएईका संरक्षक योगेन्द्र सिङ बिश्वकर्मा र अर्का बिशेष अतिथि नेपाली समाज युएईका अध्यक्ष चन्द्र प्रसाद सापकोटाले पानसमा बत्ती बालेर औपचारिक रुपमा उदघाटन गरेको उक्त कार्यक्रममा समाजका उपाध्यक्ष केपी लाम्घाडे बिश्वकर्माले स्वागत मन्तब्य राखेका थिए । कार्यक्रममा कार्यक्रमका सभापति तथा समाजका अध्यक्ष बाबुराम विश्वकर्माले एक वर्ष सम्म समाजले गरेको प्रगति विवरण प्रस्तुत गरेका थिए ।

 प्रथम बार्षिकोत्सव कार्यक्रम मार्फत सार्बजनिक गरिएको बिश्वकर्मा समाजको बिबरण अनुसार २०७२ सालमा एसएलसीमा राम्रो अंक ल्याएर उतिर्ण ५ जना बिद्यार्थीलाई उच्चा शिक्षाको लागि समाजले प्रति व्यक्ति १० हजार रुपैया दिने निर्णयको स्वागत गर्दै राईले पनि ५० हजार रुपैया बिश्वकर्मा परिवारका गरिब तथा असाहय  विद्यार्थीको उच्चा शिक्षा अध्यनको लागि सहयोग गर्ने बताएकी हुन ।

नेपाली राजदुताबास आबुधबिका कार्यबाहक राजदुत नेत्र बहादुर टन्डनको प्रमुख आतिथ्यमा संचालन गरिएको उक्त कार्यक्रममा युएईमा क्रियाशील विभिन्न संघ संस्था प्रमुखहरु, एनआरएन, पत्रकार,बुद्धिजिबी, ब्यबसायी, कलाकार, लगायत युएईका विभिन्न क्षेत्रबाट युएईबासि नेपालीहरुको बाक्लो उपस्थिति रहेको थियो । बिश्वकर्मा समाजका अध्यक्ष बाबुराम बिश्वकर्मा सभापतित्व रहेको उक्त कार्यक्रममा गित संगीत, नृत्य, कबिता, हास्यब्यंग लगायत विभिन्न मनोरंजनात्मक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

उक्त प्रथम बार्षीकोत्सव कार्यक्रममा गाम बहादुर बिश्वकर्माको प्रथम गीतिएल्बम "ऐना" को प्रमुख अतिथि बिशेष अतिथि अतिथि र सभापतिबाट बिमोचन गरिएको थियो । बिमोचन संगै प्रत्यक्ष प्रशारण मार्फत देखाईएको गीतिएल्बमको म्युजिक भिडियो हेरेर सबै दर्शक तथा अतिथिहरुले सफलताको शुभकामाना दिएका थिए । समाजले समाजसेबी भुवन गुरुङ, दिपा पाण्डे, सुदिप कार्की, देव कुमार बिश्वकर्मा र कलाकार गोपी कृष्ण पंगेनीलाई सम्मान गरेको थियो भने समाजले विभिन्न कलाकारहरुलाई प्रशंशा पत्र वितरण पनि गरेको थियो ।

 निर्धारित समय भदा १ घण्टा ढिला सम्म चलेको कार्यक्रमको प्रमुख अतिथि कार्यबाहक राजदुत नेत्र बहादुर टन्डनले समाजको एक बर्षको प्रगतिले आफुलाई ज्यादै खुसि लागेको र यो कार्यलाई अझ बलियो रुपमा अगाडी बढोस भन्ने भनाइ सहित अनाबस्यक रुपमा खर्च गर्ने रकमलाई संचित गरि शिक्षामा लगानी गर्न सके शिक्षाले समाजमा रहेको विभिन्न खाले कु-सस्कार्हरुको अन्त्य गर्न सक्ने भनाई सहित कार्यक्रम भब्य रुपमा सफल भएकोमा सबैलाई धन्यबाद तथा शुभकामना दिएका थिए । ब्यबसायी मोती राई, बाग्लुंग सेवा समाजका अध्यक्ष पिताम्बर पाण्डे लगायतले शुभकामना मन्तब्य राखेका थिए भने कार्यक्रमको  अन्तमा समाजका अध्यक्ष बाबुराम विश्वकर्माले उपस्थित सबैलाई धन्यबाद दिदै कार्यक्रम अन्त्य भएको घोषणा गरेका थिए ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com