नेपालमा सरोगेसी बन्द

काठमाडौं आषाढ ३०,

सर्वोच्च अदालतले सरोगेसी सेवा विरुद्ध परेको रिट खारेज गरेको छ । प्रधानन्यायाधिश शुसिला कार्की र न्यायाधिश गोविन्द कुमार उपाध्यायको इजलाशले यसअघि नै सरकारले सरोगेसीको अनुमती दिने निर्णय खोरेज गरिसकेकाले आदेश जारी गर्नुको औचित्य नभएको भन्दै रिट खारेज गरेको हो । 

यो आदेशसँग सरोगेसीलाई बैधता दिने सरकारी सबै प्रयासहरु विफल भएका छन् । सरकारले नै अनुमतीको निर्णय नगरी खारेज गरेको आधारमा सर्वोच्चले मुद्दा खारेज गरेको हो । यो आदेशले नेपालमा सरोगेसी सेवा पूर्णरुपमा बन्द हुनेछ ।

स्वास्थ्य खबरपत्रिकाले सरोगेसी बिरुद्ध निरन्तर खोजमुलक समाचार प्रकाशन गर्दै आएको थियो ।
यसअघि २०७२ असोज १ गते बसेको मन्त्रीपरिषद् बैठकले नेपालका अस्पतालबाट विदेशी नागरिकलाई सरोगेसी सेवा उपलब्ध गराउने सरकारको अघिल्लो निर्णयलाई बदर गरेको थियो। सरकारले यसअघि विवादित सरोगेसी सेवा कार्यविधि बनाएर नेपालमा अनुमति दिने निर्णय गरेको थियो । 

सर्वोच्च अदालले पनि यसअघि नै नेपालमा सरोगेसी सेवा सञ्चालन नगर्न रन गराउन अन्तरिम आदेश दिएको थियो । माफियाहरुले ठुलो चलखेल गरी सरोगेसी सेवा सञ्चालनका लागि सरकारलाई दबाव दिदै आएका थिए ।
_स्वास्थ्य खबर;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com