कराते खेलाडी ठकुरीलाई अमेरिकामा दुई राष्ट्रिय स्वर्ण पदक

विजय थापा ,वाशिंगटन साउन ९,

जुलाई २३ ,अमेरिकाको नर्थ क्यारोलिनाको ग्रिन्सबोरोमा भै रहेको युएसए मास्टर्स गेम्स नामक राष्ट्रिय खेलमा डिसीका कराते खेलाडी उज्ज्वल ठकुरीले दुई राष्ट्रिय स्वर्ण पदक हात पारेका छन् l 

उक्त राष्ट्रिय खेलमा खेलमा ठकुरीले भिडन्तमा एक स्वर्ण पदक तथा फांग गरि गोजुरियो करातेको परम्परागत तेन्सो कातालाई फ़ाङ्ग गरेर स्वर्ण पदक प्राप्त गर्दै नयाँ काताको सिर्जना गर्न सफल भएका छन् l 

यस्तो प्रकारको फ़ाङ्ग  गरेर किर्तिमान अहिले सम्म विश्व मै कसैले नगरेको ठकुरीले दाबी गरेका छन् l युएसए मास्टर्स गेम्स नामक राष्ट्रिय खेल प्रतियोगिता गत जुलाई २१ देखि जुलाई ३१ तारिख सम्म चल्ने छन् l र यो राष्ट्रिय खेल पहिलो पटक यसै बर्ष सन् २०१६ बाट सुरु गरिएको हो भने हरेक दुई बर्षमा यसको आयोजना गरिने आयोजकले जनाएका छन् l उक्त राष्ट्रिय खेलमा कराते ,भकुण्डो ,भारत्तोलन ,भलिबल ,पौडी ,गल्फ ,बेसबल ,बास्केट बल लगायत अन्य चौबिस खेलहरु समाबेस गरिएका छन् l 

ठकुरीले २ मिनटको समय भित्र पम्परागत तेन्सो कातालाई सृजना गरे l ठकुरीले अहिले सम्म १२ स्वर्ण ,४ रजत र ४ कास्य जित्न सफल भएका छन् l जस मध्ये ८ वटा स्वर्ण पदक करातेमा ,कातामा १ स्वर्ण ,१ तेक्वान्दोमा र २ वटा करातेको ब्रेकिङ्ग (तोड्ने )मा स्वर्ण पदक प्राप्त गरेका छन् l ठकुरीले दाबी गर्दै फ़ाङ्ग गरेर दाँतले १ सय पौण्ड उठाउने प्रतिबद्धता सहित गिनिज विश्व पुस्तकको लागि अभ्यास गरि रहेको बताए l ठकुरीले हरेक खेलमा नेपालको झन्डा फरफराउने गरेका छन् l 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com