डा गोविन्दको केसीको समर्थनमा यसरी जुटे इज़रायलमा कार्यरत नेपाली

इजरायल साउन ९,

बैदिशिक रोजगारका शिलशिलामा इजरायलमा कार्यरत नेपालिहरुले डाक्टर गोबिन्द केसीको समर्थनमा आज एक कार्यक्रम र र्याली निकालेका छन् | इजरायलको तेलअभिब स्थित लेबिन्सकि पार्कमा करिब ३ बजे “केसीको पक्षमा छौ” भन्ने नाराका साथ भएको कार्यक्रममा उपस्थित सबैले गोबिन्द केसीका मागहरु पुरा गर्नु पर्ने र स्वास्थ्य क्षेत्रमा भैरहेका अनियमितता रोकी निम्न बर्गीय आर्थिक अवस्था भएका जनताको जीवन पनि सुरक्षित् गर्न सरकारलाई माग गरेका छन् |

साथै डा. केसीलाइ कसैबाट परिचालित हुन् भन्ने उपस्थितहरुको तर्क लाइ बक्ताहरुले खण्डन गर्दै डा. केसीले ३ करोड नेपाली जनताका डाक्टर भएका र स्वास्थ्य माफियाहरुको टाउको दुखाइको बिषय भएकाले विभिन्न आरोप लगाएर केसीको ज्यान जोखिममा परेको भनि सरकारलाई बक्ताहरुले ध्यानाकर्षण गराएका छन् औपचारिक रुपमा सुरु भएको कार्यक्रमको डा. केसी बचाऊका अभियन्ता राम ढुंगानाले कार्यक्रम संचालन गरेका थिए भने एनआरएनए इजरायलका अध्यक्ष दिपक ओली, सक्रिय युवा राज छत्कुल्ली, नारीका लागि नारीकी प्रतिनिधि नितु खतिवडा, नमस्ते नेपालका रामशरण बानिया, एनआरएनए कै तेन्जिन शेर्पा लगायतले आफ्नो आफ्नो मन्तब्य राख्नु भएको थियो |
कार्यक्रममा उपस्थित सम्पूर्णले भन्ने नारा लाएका थिए | यदि कुनैपनि स्वास्थ्य माफियाहरुको लागि केसीको माग नसुने आगामी पिढीहरुमाथि पनि अन्याय हुने कुरा बक्ता राज छत्कुलीले कार्यक्रममा बताएका थिए |

उक्त कार्यक्रममा स्वतन्त्र खबरबाट क्यामेरामा बिष्णु सिंखडाका साथ रमेश रिजालको सहभागिता रहेको थियो |
_स्रोत-स्वतन्त्र-खबर;


====भिडियो....

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com