राष्ट्रसङ्घीय जनसङ्ख्या कोषका प्रमुख बाबतुन्डे ओस्टाइमहिनल ले महिलाको अङग छेदन अर्थात एफजीएम (फिमेल जेनेटिया म्युटलेसन) लाई बाल दुव्र्यबहारको संज्ञा दिएका छन् ।
उनले यस्तो संस्कारले मानव अधिकारको उल्लंघन गरेको भन्दै गुप्तांग छेदनको तत्काल अन्त्य गर्नुपर्ने माग गरेका छन् ।
उनी भन्छन्—‘‘संसार भरका दुई करोड महिला र बालिकाहरुको यस्तो अङ्ग छेदन भएको पाइएको छ । अझै १० लाख महिला यसको जोखिममा छन् । कसैको पनि अङ्ग छेदन गर्नुको कुनै अर्थ छैन । कतिपय पुरुष प्रधान देशमा यो कुसंस्कार अझै विद्यमान रहेको छ । मलाई लाग्छ यो बालिकामाथिको दुव्र्यबहार हो ।’
यसअघि कोषले यस संस्कारलाई मानव अधिकारको उल्लंघन मात्र जनाएको थियो । तर अहिले भने यसलाई बालिकामाथिको दुव्र्यबहारको संज्ञा दिएको छ ।
एफजीएम (फिमेल जेनेटिया म्युटलेसन) अझै पनि अफ्रिका, मध्येपूर्व र एशियाका लगायतका देशका समाजमा विद्यमान रहेको छ ।
के हो एफजीएम ?
एफजीएम अन्तर्गत महिलाको गुप्तांगको बाह्य भागलाई पूर्ण वा आंशिक रुपमा काटिन्छ । महिलाहरुको यौन चाहना दबाउने बहानामा विशेष गरी मुश्लिम समुदायमा यो संस्कार विद्यमान छ ।
जसअनुसार सानो उमेरमा नै बालिकाका बाह्य यौन अङ्ग काटिन्छ । एफजीएमका पछाडि कुनै चिकित्सकीय कारण नभएको विज्ञहरु बताउँछन् । केन्यामा हरेक पाँचमध्ये एक महिलामा यस्तो कुसंस्कार देखिन्छ ।
राष्ट्रसंघका अनुसार केन्याले आगामी पाँच वर्षभित्र यो ससंस्कार निर्मूल गर्ने तयारीमा छ । तर केही समुदायमा गाँसिएको गहिरो अन्धविश्वा र परम्पराले एफजीएमको निर्मूलमा चुनौती थपिदिएको छ ।