मकवानपुर युएई मन्चको प्रथम साधारण सभा ८ जुलाईमा हुँदै...

उत्तम बिक युएई आषाढ २२,

आगमी ८ जुलाई २०१६ का दिन युएईको दुबई अन्तर्गत बरदुबई स्थित सिन्धपन्जाब रेष्टुरेण्टमा मकवानपुर युएई मन्चको प्रथम साधारण सभा हुने भएको छ ।

 युएईबासी मकवानपुरेहरुको बिषेश पहलमा २०१५ मा स्थापना भएको मकवानपुर युएई मन्चको बिभिन्न समयमा बसेको औपचारिक तथा अनौपचारिक छलफल मार्फत आगमी जुलाई ८ तारिक साधारण सभा गर्ने गरि पुर्ण लामाको अध्यतामा तदर्थ समिति गठन भएको मन्चका सदस्य मोहन स्याङतानले जानकारी दिएका छन ।

 बैदेशिक रोजगारीको शिलशिलामा मकवानपुर देखि युएईमा आएर बिभिन्न पेशामा कार्यरत मकवानपुरबासी दाजुभाई दिदीबहिनीहरुलाई संगठित गरि प्रबासको बसाईमा परेका बिभिन्न खाले समस्याको समधान गर्ने उदेस्यका साथ स्थापना भएको मकवानपुर युएई मन्चले युएईका बिभिन्न ठाउमा छरिएर रहेका सबै मकवानपुरेलाई समेटने गरी ८ जुलाईका दिन प्रथम साधारण सभा मार्फत नया कार्य समिति चयन गर्ने भएको हो ।
युएईमा रहेका बिभिन्न जिल्लाका जिल्ला संगठनहरु जस्तै क्रियाशिल रहेर प्रबासको बसाईमा भैपरि आउने समस्याहरु संग हातेमालो गर्दै मकवानपुर जिल्लाको बिकासमा टेवा पु¥याउने मुख्य लक्ष्यका साथ २०१५ मा स्थापना भएको मकवानपुर युएई मन्चलाई बिस्तार गरि साधारण सभा मार्फत कार्य समितिलाई पुर्णता दिएर अगाडी बढने पनि सदस्य मोहन स्याङतानले बताएका छन ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com