मकवानपुर युएई मंचको अध्यक्षमा पूर्ण भक्त सर्बसम्मत निर्बाचित

उत्तम बिक युएई आषाढ २६,

गत शुक्रबार ८ जुलाई २०१६ का दिन मकवानपुर युएई मंचको साधारण सभा युएईको बरदुबई स्थित सिन्धपन्जाब रेस्टुरेन्टमा सम्पन्न भएको छ । मकवानपुर युएई मंचका तदर्थ समितिका अध्यक्ष पूर्ण भक्त लामाको सभापतित्वमा सम्पन्न उक्त साधारण सभाले तदर्थ समितिका अध्यक्ष पूर्ण भक्त लामालाई नै आगामी कार्यकालको लागि सर्बसम्मत चयन गरेको छ ।

 दुई चरणमा सम्पन्न उक्त कार्यक्रमको संचालन मोहन स्याङतानले गरेका थिए भने प्रथम चरणको कार्यक्रम अन्तर्गत प्रमुख अतिथि हरि खड्काले मकवानपुर युएई मंचले मकवानपुरे युएईबासिहरुलाई संगठित गरि युएईको बसाईमा भैपरी आउने विभिन्न खाले समस्याहरुमा एकजुट भएर युएईमा क्रियाशील सबै नेपाली संघ सस्थाहरु संग हातेमालो गर्दै अगाडी बढ्नु पर्ने भनाई सहित आगामी दिनहरुमा मकवानपुर युएई मन्च निरन्तर अगाडी बढोस भन्ने शुभकामना दिएका थिए ।

यसरि शुभकामना मन्तब्य कै क्रममा अतिथिहरुले मकावानापुर युएई मन्चले सक्रिय रुपमा सामाजिक क्षेत्रमा अग्रसर हुदै युएईमा रहेका नेपालीहरुलाई परेको समस्याको समाधानको लागि पहलकदमी लिन सकोस भन्दै मन्चको आगामी कार्यकालको सफलताको शुभकामना दिएका थिए । प्रथम चरणको कार्यक्रम अन्त्य भएको घोषणा गर्दै सभापतिले दोश्रो चरणको कार्यक्रम संचालनको अनुमति दिए संगै दोश्रो चरणको कार्यक्रम अन्तर्गत सबैको सहकार्यमा पूर्ण भक्त लामा अध्यक्ष रहने गरि १५ सदसीय मकवानपुर युएई मंचको नयाँ कार्यसमिति चयन गरेको थियो ।

जसको उपाध्यक्षमा ३ जना क्रमस समिम खान, सिता पाटा मगर, नवराज नहर्की, महासचिब मोहन स्याङतान, सचिब मनोहर भण्डारी, सहसचिब सुदिप खराल, कोषाध्यक्ष बिध्या कार्की, सहकोषाध्यक्ष भारत ढकाल, रहेका छन् त्यसैगरी सदस्यहरुमा सुवास ढकाल, चेतन पौडेल, अनिल बुर्लाकोटी, मोहमद रफिक, राजेन्द्र योन्जन, बिष्णु पुडासैनी नयाँ कार्यसमितिमा चयन भएका थिए भने प्रमुख अतिथि र अतिथिहरुले नबनिर्बाचित कार्यसमितिका पदाधिकारी र सदस्यहरुलाई कार्य सफलताको शुभकामना दिएका थिए । कार्यक्रमको अन्तमा नबनिर्बाचित अध्यक्ष तथा कार्यक्रमका सभापति पूर्ण भक्त लामाले उपस्थित सबैलाई धन्याबाद दिदै कार्यक्रम समापन गरेका थिए । 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com