गजल By, कोमल भट्ट


गजल By, कोमल भट्ट

हाम्रो एकतामा जलेको छ कोही
चोखो मित्रतामा जलेको छ कोही

यौटै हुन्न चाहा र आस्था भनेको
पुज्ने देवतामा जलेको छ कोही

मीठो मात्र बोल्छौँ सधैं नम्रताले
देख्दा शिष्टतामा जलेको छ कोही

बाँड्छौँ स्नेह हामी विना भेदभाव
सस्ता मान्यतामा जलेको छ कोही

गाह्रो हुन्छ रोजै सबै सामु पुग्न
हुन्छौं व्यस्ततामा जलेको छ कोही

बन्दै स्पष्ट वक्ता बिते वर्ष हाम्रा
पायो प्रौढतामा जलेको छ कोही

खप्छौँ घाम,पानी,व्यथा,चोट सारा
छैनौ खिन्नतामा जलेको छ कोही

छन्द - चाङ्वात्नाङ
विश्राम – २ र ६ अक्षर
-कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल:- न्युयोर्क,अमेरिका

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com