गजल By, कल्पना पौडेल 'जिज्ञासु'
नेपालको मुहार फेर्न युवा एकजुट हुनुपर्छ
बिकाशको आकार फेर्न युवा एकजुट हुनुपर्छ
भोकाको पेट भरिनेछ नांगाको लाज छोपिनेछ
गरिबको आधार फेर्न युवा एकजुट हुनुपर्छ
जातीयता र धर्मको त्यो निहुँमा देश जलेको छ
जनताको विचार फेर्न युवा एकजुट हुनुपर्छ
सुन फल्नेछ यै धर्तीमा पसिनाको खोलो बगे
अनिकालको मार फेर्न युवा एकजुट हुनुपर्छ
पक्कै एकदिन उचाइमा पुग्नेछ सिर नेपालीको
जागौ हामी संसार फेर्न युवा एकजुट हुनुपर्छ
कल्पना पौडेल 'जिज्ञासु'
गैडाकोट ४ नवलपरासी
हाल = इजरायल