हामी किन हाई काढ्छौ ?

एजेन्सी जेठ २१,

हामी किन हाई काढ्छौ ? निश्चय नै विज्ञानका क्षेत्रमा यो एउटा अलमल पार्ने प्रश्न हो । हाई काढ्ने विषयसँग सम्बन्धित जिज्ञासाबारे वैज्ञानिकहरु समेत १ हजार वर्षदेखि अन्यौलमा छन् । हाई काढ्नुको खास कारण पत्ता लागेको छैन । बरु धेरै परिकल्पना मात्र सार्वजनिक भएका छन् ।

सबैजनाले हाई काढ्छन् । कोखमै भएको शिशुदेखि बुढाबुढीेसम्म सबै मानिसले हाई काढ्छन् । मान्छेले मात्र होइन जनारवले पनि हाई काढ्छन् । हाई काढ्ने विषयसँग विभिन्न सिद्धान्त र बिचार जोडिएका छन् ।
केही विज्ञहरुका अनुसार अल्छि लाग्दा वा थकित हुँदा हामीलाई हाई आउँछ । 

हाम्रो रगतमा कार्बोनडाइअक्साईको मात्रा धेरै हुँदा र अक्सिजनको प्रवाह आवश्यक पर्दा हाई काढ्न मन लाग्छ  । तर ,हाई काढ्दा अक्सिजनको मात्रा बढी पनि प्रबाह हुँदैन न त रगतमा कार्बनडाइअक्साईडको मात्रा नै घट्छ । कहिलेकाहिँ बिना कुनै कारण पनि आउँछ ।

अर्को एक सिद्धान्तअनुसार हाई काढ्नु थकाई वा दिक्क (अल्छी) सँग कुनै सरोकार छैन । बरु दिमागको तापक्रमलाई नियन्त्रण गर्ने शरिरको एउटा तरिका हो, ताकी हामीलाई थोरै भए पनि स्पष्ट र आनन्दसँग सोच्न सहयोग गर्छ ।

निन्द्राको अभाव र थकानले हाई गराए पनि हाई काढ्दा हामीलाई ‘व्युताउन’ सहयोग पुर्याउदैन बरु हाम्रो दिमागलाई उचित तापक्रम कायम गर्न सहयोग पुयाउछ ।

अर्को एक सिद्धान्त अनुसार हाई काढ्दा फोक्सोबाट खराब श्वास हट्छ । तर, हाई काढदा श्वास प्रश्वास प्रणालीमा भने खासै फाइदा पुर्याएको पाइदैन् ।

अर्को एक परिकल्पना अनुसार दिमागमा हाम्रो इमोसन, मुड, भोक र अन्य गतिबिधिलाई असर गर्ने न्युरोट्रान्समिटर (रसायन) का कारण हाई आउछ ।

तर एउटा कुरा के सत्य हो भने हाईका कारण कुनै पनि व्यक्तिको मुखमा भएका किटाणू अन्य व्यक्तिमा सर्छन् । 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com